तपाईंको ध्यान तथा योगा गर्ने बानी छ? यदि तपाईं नियमित योगा र ध्यान गर्नुहुन्छ भने आफ्नो दैनिकी सहज रुपमा बिताएको पनि महशुस पक्कै गर्नुभएको होला।
यदि ध्यान तथा योगा गर्ने बानी छैन भने आजैबाट सुरु गर्नुस्। किनकि, ध्यान तथा योगा गर्ने बानीले तपाईंको स्वास्थ्यलाई धेरै पु¥याउने विभिन्न अनुसन्धानले देखाएका छन्।
नियमित ध्यान तथा योगा गर्दा के फाइदा पुग्छ त?
– ध्यान तथा योगाले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
– सकारात्मक भावनाको विकास हुन्छ।
– मनको चञ्चलता कम हुन्छ, शान्त स्वभावको बनाउँछ।
– अनिद्राको समस्या छ भने सुधार हुन्छ।
– डर, चिन्ता तथा डिप्रेसनबाट मुक्त गराउँछ।
– कुलतबाट जोगिन सहयोग पुर्याउँछ।
– तनाव नियन्त्रण गर्छ।
– पारिवारिक सद्भाव बढ्छ।
– ध्यानले स्मरण शक्तिको समेत विकास हुन्छ।
– शारीरिक दुखाइबाट छुटाकारा पाइन्छ।
– ध्यानले दिमागको एकाग्र हुने क्षमताको पनि विकास गर्छ।
– रक्तचाप सन्तुलित भई मुटुरोगबाट बचाउँछ।
– अरुप्रति मानवीय भावनाको विकास हुन्छ। खतरनाक क्यान्सर रोगबाट जोगाउँछ।