कोशी प्रदेशमा कार्कीले आजै शपथ लिने, मन्त्रीपरिषद् पनि विस्तार गर्ने - Chaitanya News
  • 2026-11-19
  • 04:33:03
  • बुधबार,मंसिर ०३, २०८३
  • कोशी प्रदेशमा कार्कीले आजै शपथ लिने, मन्त्रीपरिषद् पनि विस्तार गर्ने

    कोशी प्रदेशमा कार्कीले आजै शपथ लिने, मन्त्रीपरिषद् पनि विस्तार गर्ने

    विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्रीमा हिक्मत कार्की नियुक्त हुने भएका छन्। मुख्यमन्त्रीमा नियुक्तलगत्तै कार्कीले आजै पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने कार्यक्रम रहेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।

    सर्वोच्च अदातलले कोशी प्रदेश सभाको सबैभन्दा ठूलो दलका नेता हिक्मत कार्कीलाई ४८ घण्टाभित्र मुख्यमन्त्री नियुक्त गर्न परमादेश जारी गरेपछि प्रदेश प्रमुखको कार्यालयले शपथको तयारी सुरू गरेको हो।

    बिहीबार सर्वोच्च अदातलले कोशी प्रदेश सभाको सबैभन्दा ठुलो दलका नेता हिक्मतकुमार कार्कीलाई ४८ घण्टा भित्र मुख्यमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो ।

    मुख्यमन्त्रीसँगै आज २ जना मन्त्रीलाई पनि शपथग्रहण गराउने एमालेको तयारी छ एमाले श्रोतका अनुसार तिलकुमार मेन्याङ्वो र एकराज कार्कीलाई मन्त्री बनाउने तयारी छ। मेन्याङ्गोले कार्की नेतृत्वको सरकारमा यसअघि नै पनि मन्त्री भएर काम गरेका थिए

    न्यायाधीशहरू सपना प्रधान मल्ल,डा। कुमार चुँडाल र नहकुल सुवेदीको पूर्णइजलासले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम कार्कीलाई ४८ घण्टा भित्र कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त गर्न आदेश दिएको थियो।