माली– इस्लामिक लडाकूहरूले उत्तरपूर्वी मालीमा एउटा नदीको डुङ्गामा आक्रमण गर्दा कम्तीमा ४९ सर्वसाधारणको मृत्यु भएको छ।
उनीहरूले कथित रूपमा सेनाको क्याम्पमा पनि आक्रमण गरेका छन् जसमा १५ सैनिकहरू मारिएका छन् भने लगभग ५० आतङ्ककारीहरू पनि मारिएको बीबीसीमा प्रकाशित समाचारमा उल्लेख छ।
घटनापछि सरकारले तीन दिने राष्ट्रिय शोकको घोषणा गरेको छ। रूसी वाग्नर समूहका भाडाका सैनिकहरूले आफ्नो अभियानलाई तीव्र बनाएको सेनाले दाबी गरे पनि इस्लामिक चरमपन्थीहरुको खतरा बढ्दै गएको छ।
उत्तरी सहर टिम्बक्टु गत महिनाको अन्त्यदेखि नाकाबन्दीमा छ र त्यहाँ यातायातमा हालैका दिनहरुमा धेरै आक्रमणहरू भएका छन् ।