काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले विश्वका बिभिन्न १४४ वटा देशमा नेपालीहरु रोजगारीका लागि रहेका बताएका छन्।
आज बिहिबार) प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो जानकारी दिएका हुन्। यस्तै उनका अनुसार वैदेशिक रोजगारीमा पठाउने भनेर दर्ता भएका म्यानपावर कम्पनीको संख्या ९३५ वटा छ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरु, उनीहरु ठगिएको विषय, नेपालीहरुले पाउनुपर्ने सुविधा लगायतका विषयमा सरकार गम्भीर रहेको पनि उनले बताए। यस सम्बन्धमा प्रधानमनत्री पुष्पकमल दाहाल प्रचण्डले पनि चासो राख्दै आएको उनले बताए।