काठमाडौँ महानगरमा भोलि शोक बिदा दिने - Chaitanya News
  • 2026-11-19
  • 04:14:58
  • बुधबार,मंसिर ०३, २०८३
  • काठमाडौँ महानगरमा भोलि शोक बिदा दिने

    काठमाडौँ महानगरमा भोलि शोक बिदा दिने

    काठमाडौँ– काठमाडौँ महानगरपालिकाले काठमाडौं महानगरपालिका– १६का वडाध्यक्ष मुकुन्द रिजालको निधनप्रति भोलि शुक्रवार शोक बिदा दिने भएको छ।

    रिजालको बिहीबार बिहान ग्रान्डी अस्पतालमा निधन भएको हो। उनको निधनमा शुक्रबार महानगर अन्तर्गतका कार्यालयहरूमा शोक बिदा दिइएको महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए।

    आज वडाध्यक्षजी बित्नुभएको हुँदा भोलि शोक बिदा दिइएको छ, प्रवक्ता मानन्धरले भने।वडाध्यक्ष रिजालको स्वास्थ्यमा समस्या देखिएपछि भदौ १७ गते उनलाई ग्रान्डी अस्पताल लगिएको थियो।

    अस्पतालका मेडिकल डाइरेक्टर डा। विनोद विजुक्छेका अनुसार रिजालको दुवै फोक्सोमा सिभियर निमोनिया ९भाइरल निमोनिया० देखिएपछि सघन उपचार कक्षमा भर्ना गरी उपचार गरिएको थियो।

    उपचारका क्रममा आज बिहान ७स्३० बजे रिजालको निधन भएको अस्पतालले जारी गरेको विज्ञप्तिमा भनिएको छ। रिजाललाई डेंगीसमेत लागेको थियो। उनी काँग्रेस काठमाडौं क्षेत्र नम्बर ७ सभापति र महानगर वडा नम्बर १६ अध्यक्षमा दुई पटक निर्वाचित भएका थिए।