वडाध्यक्ष रिजालको पार्थिव शरीर राष्ट्रिय सभागृहमा, श्रद्धाञ्जली अर्पण गर्दै मेयर बालेनले ओढाए झण्डा - Chaitanya News
  • 2026-11-19
  • 04:14:54
  • बुधबार,मंसिर ०३, २०८३
  • वडाध्यक्ष रिजालको पार्थिव शरीर राष्ट्रिय सभागृहमा, श्रद्धाञ्जली अर्पण गर्दै मेयर बालेनले ओढाए झण्डा

    वडाध्यक्ष रिजालको पार्थिव शरीर राष्ट्रिय सभागृहमा, श्रद्धाञ्जली अर्पण गर्दै मेयर बालेनले ओढाए झण्डा

    काठमाडौं– काठमाडौं महानगरपालिका वडा नं. १६ का वडाध्यक्ष एवम् नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. ७ का क्षेत्रीय सभापति मुकुन्द रिजालप्रति श्रद्धाञ्जली अर्पण गर्दै मेयर बालेन शाहले रिजालको पार्थिव शरीरमा काठमाडौं महानगरको झण्डा ओढाएका छन।

    अन्य व्यक्तिहरु पनि लामबद्ध भएर रिजालप्रति श्रद्धाञ्जली अर्पण गरिरहेका छन्।

    उनको पार्थिव शरीर १२ बजेसम्म राष्ट्रिय सभागृहमा राख्ने, १२ः३० बजेदेखि १ः३० बजेसम्म पशुपति मन्दिर परिसरमा श्रद्धाञ्जलीका लागि राख्ने र दिउँसो २ः३० बजे दाहसंस्कार गर्ने कार्यक्रम छ।