रिजालको पार्थिव शरीर १२ बजेसम्म राष्ट्रिय सभागृहमा राखेर त्यसपछि पशुपतिमा अन्त्येष्टि - Chaitanya News
  • 2026-11-19
  • 04:14:52
  • बुधबार,मंसिर ०३, २०८३
  • रिजालको पार्थिव शरीर १२ बजेसम्म राष्ट्रिय सभागृहमा राखेर त्यसपछि पशुपतिमा अन्त्येष्टि

    रिजालको पार्थिव शरीर १२ बजेसम्म राष्ट्रिय सभागृहमा राखेर त्यसपछि पशुपतिमा अन्त्येष्टि

    काठमाडौं– काठमाडौं महानगरपालिका वडा नं. १६ का वडाध्यक्ष एवम् नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. ७ का क्षेत्रीय सभापति मुकुन्द रिजालको निधन भएको छ। उनको पार्थिव शरीरलाई ११ बजेदेखि राष्ट्रिय सभागृहमा श्रद्धाञ्जलीका लागि राखिने भएको छ।

    ११ बजेदेखि १२ बजेसम्म राष्ट्रिय सभागृहमा र १२ः३० बजेदेखि १ः३० बजेसम्म पशुपति मन्दिर परिसरमा श्रद्धाञ्जलीका लागि राखिने नेपाली कांग्रेसका कार्यालय सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। त्यसपछि आज दिउँसो २ः३० बजे दाहसंस्कार गर्ने कार्यक्रम रहेको पौडेलले जानकारी दिए।

    २०२७ साल कात्तिकमा जन्मिएका रिजालले नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गरेको नेपाली कांग्रेसले जनाएको छ।