शुक्रबार सुनचाँदीको मूल्य प्रतितोला एक सय रुपैयाँले घट्यो - Chaitanya News
  • 2026-04-25
  • 02:00:45
  • शुक्रबार,बैशाख ११, २०८३
  • शुक्रबार सुनचाँदीको मूल्य प्रतितोला एक सय रुपैयाँले घट्यो

    शुक्रबार सुनचाँदीको मूल्य प्रतितोला एक सय रुपैयाँले घट्यो

    काठमाडौं– आज शुक्रबार सुनचाँदीको मूल्य घटेको छ। सून प्रतितोला एक सय रुपैयाँ र चाँदी प्रतितोला पाँच रुपैयाँले घटेको हो।

    नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला ९४ हजार १०० र तेजावी सुन प्रतितोला ९३ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ।

    बिहीबार सुन तोला ९४ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

    आज चाँदीको मूल्य भने पाँच रुपैयाँले ईटेर प्रतितोला १ हजार १८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।