पहिला भाषण सुने, पछि पछ्याउँदै आएर खुकुरी हाने - Chaitanya News
  • 2026-11-19
  • 04:07:15
  • बुधबार,मंसिर ०३, २०८३
  • पहिला भाषण सुने, पछि पछ्याउँदै आएर खुकुरी हाने

    पहिला भाषण सुने, पछि पछ्याउँदै आएर खुकुरी हाने

    काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री महेन्द्र यादवमाथि काठमाडौंमा खुकुरी प्रहार गर्ने व्यक्ति प्रकाउ परेका छन।

    यादवलाई खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले नुवाकोटको विदुर नगरपालिका टुप्चे घर भई बालाजुको पैंयुटार बस्ने ४७ वर्षका श्यामबहादुर सापकोटालाई पक्राउ गरेको काठमाडौं प्रहरी प्रमुख भुपेन्द्र खत्रीले जानकारी दिए।

    पक्राउ परेका सापकोटाले रिपोर्टर्स क्लबमा भएको कार्यक्रममा अघिल्लो लहरमा नै बसेर यादवको भाषण सुनेका थिए।

    कार्यक्रम सकिएपछि यादवलाई पछ्याउँदै आएर उनले खुकुरी हानेको प्रत्यक्षदर्शीले बताएका छन्।

    पक्राउ परेका सापकोटले आफूलाई अभियन्ता भन्ने गरेका छन्।

    रिपोर्टर्स क्लबको कार्यक्रममा यादवले सुन तस्करी, भुटानी शरणार्थी प्रकरण, ललितानिवास प्रकरणमा सरकारले चालेको कदमको विरोधमा धारणा राखेका थिए।

    खुकुरी प्रहारबाट घाइते भएलगत्तै यादवलाई उपचारका लागि ट्रमा सेन्टरमा लगिएको छ। जहाँ उनको उपचार भइरहेको छ।