कांग्रेस सहमहामन्त्री यादव महेन्द्रमाथि सांघातिक आक्रमण - Chaitanya News
  • 2026-11-19
  • 04:07:19
  • बुधबार,मंसिर ०३, २०८३
  • कांग्रेस सहमहामन्त्री यादव महेन्द्रमाथि सांघातिक आक्रमण

    कांग्रेस सहमहामन्त्री यादव महेन्द्रमाथि सांघातिक आक्रमण

    काठमाडौं– नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि सांघातिक आक्रमण भएको छ।यादवलाई उपचारका लागि ट्रमा सेन्टरमा लगिएको छ ।

    काठमाडौंको रिपोटर्स क्लबमा भएको कार्यक्रमबाट बाहिरिने क्रममा यादवमाथि धारिलो हतियारले आक्रमण गरेको प्रत्यक्षदर्शीले बताएका छन्।

    उनीमाथि खुकुरी हानेको आरोपमा सुशीलबाबु सापकोटालाई प्रहरीले पक्राउ गरेको काठमाडौं प्रहरी प्रमुख भुपेन्द्र खत्रीले जानकारी दिए।