काठमाडौँ– नेपालमा डेंगु संक्रमितको सङ्ख्या साढे २३ हजारभन्दा बढी पुगेको छ।
ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका (ईडीसीडी)का तंथ्याङ्क अनुसार २३ हजार १२७ जनामा डेंगु संक्रमण पुष्टि भएको हो।
साढे सात महिनाको अवधिमा संक्रमित मध्ये १४ जनाको मृत्यु भएको छ।
यस्तै डेंगु संक्रमण ७५ जिल्लामा देखिएको ईडीसीडीले जनाएको छ । संक्रमण देखिएको जिल्लाहरूमध्ये सबैभन्दा बढी १२ हजार ८०६ जनामा सुनसरीमा पुष्टि भएको छ । यस्तै २ दुई हजार २५२ जना मोरङमा संक्रमण पुष्टि भएको छ। २ हजार १७३ जनामा धादिङमा पुष्टि भएको छ।
यस्तै, क्रमशः१ हजार ३५६ झापा, ४४७ काठमाडौँ, ३६७ धनकुटा, ३३१ धनुषा, ३१७ सङ्खुवासभा, २६७ कास्की र २३२ जना कैलालीमा संक्रमित रहेको तंयाङ्कमा उल्लेख गरिएको छ।
सात प्रदेशमध्ये सबैभन्दा बढी कोशी प्रदेशमा डेंगु संक्रमित दर उच्च रहको पाइएको छ । महाशाखाका अनुसार कोशी प्रदेशमा १७ हजार ५३० जना डेंगु संक्रमित छन्। त्यसपछि बागमती प्रदेशमा ३ हजार २७७ जना संक्रमित छन् भने गण्डकी प्रदेशमा ६८३ जनामा संक्रमण पुष्टि भएको छ।
क्रमशः सुदूरपश्चिम प्रदेशमा ६८०, मधेस प्रदेशमा ५१९, लुम्बिनी प्रदेशमा ३९० र कर्णाली प्रदेशमा ४८ जना संक्रमित पुष्टि भएको महाशाखाको तंथ्याङ्कमा उल्लेख गरिएको छ।