सहसचिव डा.कमलराज गैरे १३९ दिनदेखि सम्पर्कविहीन - Chaitanya News
  • 2026-11-19
  • 03:39:03
  • बुधबार,मंसिर ०३, २०८३
  • सहसचिव डा.कमलराज गैरे १३९ दिनदेखि सम्पर्कविहीन

    सहसचिव डा.कमलराज गैरे १३९ दिनदेखि सम्पर्कविहीन

    काठमाडौँ– सहसचिव डा. कमलराज गैरे १३९ दिनदेखि सम्पर्कविहीन भएका छन्।

    कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा कार्यरत प्राविधिकतर्फका सहसचिव डा. गैरे गत वैशाख २ गतेदेखि बिना जानकारी गैरहाजिर रहेका हुन्।

    मन्त्रालयले आज सार्वजनिक सूचना जारी गर्दै बिदा स्वीकृत बेगर सहसचिव अनुपस्थित भएपछि उनीमाथिको कारबाही प्रक्रिया अघि बढाएको छ।

    बिना जानकारी लगातार ९० दिन पदाधिकार रहेको कार्यालयमा अनुपस्थित रहेकाले निजामती सेवा ऐन, २०४९ अनुसार ३५ दिनको समय दिएर उनलाई सफाइ पेश गर्न भनिएको मन्त्रालयले जनाएको छ।

    सफाइ पेश नगरे कानूनबमोजिम थप कारबाही प्रक्रिया अघि बढ्ने मन्त्रालयले स्पष्ट पारेको छ।

    निजामती सेवा ऐनमा ९० दिनभन्दा बढी गैरहाजिर कर्मचारीलाई सफाइ पेश गर्न समय दिने र उक्त अवधिमा चित्त बुझ्दो प्रष्टीकरण नदिएमा वा सम्पर्कमा नआएमा जागिरबाट बर्खास्त गर्न सकिने व्यवस्था छ।