लोकसेवा पास कसरी गर्ने? यस्तो छ नेपाल सरकारका कर्मचारी दिवसको अनुभव - Chaitanya News
  • 2026-09-17
  • 13:18:10
  • बिहिबार,आश्विन ०१, २०८३
  • लोकसेवा पास कसरी गर्ने? यस्तो छ नेपाल सरकारका कर्मचारी दिवसको अनुभव

    लोकसेवा पास कसरी गर्ने? यस्तो छ नेपाल सरकारका कर्मचारी दिवसको अनुभव

    दिवस जोशी जिल्ला अदालत धनगढीमा कार्यरत छन्। खरिदार पदमा सेवारत जोशी धनगढीमा लोकसेवा तयारी गरिरहेका परीक्षार्थीहरूलाई प्रशिक्षण पनि प्रदान गरिरहेका हुन्छन्। उनी आफैँ पनि माथिल्ला तहको तयारी गरिरहेका छन्। आज निर्मला कडायतले जोशीसँग उनको सफलता र लोकसेवा तयारी कसरी गर्ने भनेर संक्षिप्त सम्वाद गरेका गरेकी छन्:

    तपाईं खरदार पदमा रहेर सेवारत हुनुहुन्छ, लोकसेवा तयारी गरिरहेका परीक्षार्थीहरूलाई कसरी तयारी गर्नुपर्छ भन्ने सन्देश दिन चाहनु हुन्छ?

    म कडा मिहिनेतका साथ लोकसेवा पास गरेको व्यक्ति हुँ। लोकसेवा सामान्य तयारीले पास गर्न सकिन्छ भन्ने मलाई लाग्दैन। हजारौं प्रतिस्पर्धीलाई उछिनेर केही संख्यामा खोलिने लोकसेवाका पदमा आफूलाई अब्बल सावित गर्न सक्नु निकै चुनौतिपूर्ण कुरा हो। त्यसैले लोकसेवा तयारी गर्ने परीक्षार्थीहरूले आफू अनुकूल निश्चित समय निकालेर कडा मिहिनेतका साथ अध्ययन गर्नुपर्छ। बजारमा विभिन्न कुरा हुने गर्छन्। त्यसको लहलहैमा लाग्नु हुँदैन। आफ्नो मिहिनेतमा विश्वास गर्नुपर्छ। सामाजिक सञ्जालमा अनावश्यक समय खर्चिनु हुँदैन। स्लेभर्सको अध्ययन गरेर मैले कुन कुरामा बढी फोकस हुने भन्नेमा ध्यान दिनुपर्छ। परीक्षार्थीहरूले कसैले बढी समय जिकेमा, कसैले आइक्यूमा दिएको पाइन्छ। प्रथम पत्रमा ५० क्वीसन कसैले पनि मिलाउन सक्नु हुँदैन। त्यसैले सबै कुरामा र सबै पत्रमा उत्तिकै ध्यान दिनुपर्छ। द्वितीय पत्र, कम्युटर, अन्तरवार्ता सबैको तयारी राम्रो गर्नुपर्छ। नयाँ विषयमा वस्तुमा पनि आफू त्यत्तिकै अपडेट हुनुपर्छ।

    बजारमा थुप्रै पुस्तक प्रकाशित भएका हुन्छन्, परीक्षार्थीले राम्रो पुस्तक कसरी चिन्ने?

    अहिले बजारमा व्यवसायीक रूपमा धेरै मानिसले किताव छाप्ने, निकाल्ने, बेच्ने गर्नुहुन्छ। आफैले नामै निकाल्न नसकेका लेखकको पुस्तकमा धेरै विश्वास नगर्न म साथीहरूलाई आग्रह गर्छु। व्यवसायीक रूपमा फरक तथ्याङ्क र पुरानो तथ्याङ्क राखेर राखेर त्यस्ता व्यक्तिहरूले पुस्तक प्रकाशन गरेको पाइन्छ। कतिपय अवस्थामा त तथ्याङ्क नै गलत पनि हुन्छ। त्यसैले परीक्षार्थीहरूले नाम निकालेका राम्रा लेखकको पुस्तक अध्ययन गर्दै आफ्नो छुट्टै अध्ययन सामग्री सङ्ग्रहित गर्दै जानुपर्छ। विभिन्न पुस्तक किनेर परीक्षार्थीहरूले खर्चीलो बनाइरहेका हुन्छन्। आधिकारीक बेवसाइडबाट तथ्याङ्क संकलन गर्दै आफ्नो नोट तयारी गर्नुपर्छ।

    कतिपय परीक्षार्थी पटक-पटक असफल भएर निराश भएका हुन्छन्, त्यस्ता परीक्षार्थीलाई कसरी लोकसेवा तयारी गर्नुपर्छ भन्ने सन्देश दिनुहुन्छ?

    कतिपय मानिसले लोकसेवा तयारी गर्दा चाडै सफलता लिन खोजिरहेका हुन्छन्। मानिसले चाहेर चाडो सफलता प्राप्त हुने होइन। अध्ययन गर्नुपर्ने सबै विषयवस्तुको अध्ययन गरेर पूर्ण दक्ष भइसकेपछि सफलता प्राप्त हुने हो। त्यसमा पनि लेखन शैलीमा भर पर्छ। वर्षभरि पढेको कुरा ढाई घण्टामा प्रस्तुत गर्नुपर्ने हुन्छ। यस्तो बेला कहिलेकाहीँ लकले साथ नदिन सक्छ। तर, सबै भन्दा ठूलो लोकसेवा तयारी नै हो। सामाजिक सञ्जालमा यसले नाम निकाल्यो, उस्ले नाम निकाल्यो, यसरी पढ्न सकिन्छ, उसरी पढ्न सकिन्छ भन्ने खालका बहस भइरहेका हुन्छन्। ती बहसको पछि लाग्नु हुँदैन। आफूलाई सहज हुने समय निकालेर कुनै एउटा आधिकारीक पुस्तकलाई आधार बनाएर आफूले सन्दर्भ सामग्री संग्रहित गर्दै अध्ययन गर्ने बानीको विकास गर्नुपर्छ।

    रिटर्न पेपरको सन्दर्शभमा परीक्षा दिने गर्नुपर्छ। चैतन्य इन्टिच्युट जस्ता लोकसेवाको तयारी गराइरहेका संस्थाहरूले परीक्षार्थीको क्षमता अभिवृद्धिका लागि प्रयोगात्मक परीक्षाको बेवस्ता गर्नु भएको हुन्छ। त्यस्ता परीक्षामा सहभागी भएर लेखक शिपको विकास गर्नुपर्छ। त्यसले समय व्यवस्थापनका साथै लेखन शैली र क्षेमताको विकास हुन्छ। लोकसेवा तयारी गर्ने साथीहरूले पहिलो पटक नाम निस्केन भने कुन कुरा पुगेन भनेर त्यो औल्याउँदै तयारी गर्नुभयो भने पक्कै पनि नाम निस्किन्छ। असफल हुँदा पनि मैले अझैँ यो भन्दा राम्रो गर्न सक्छु भनेर मिहिनेत गरिराख्यो भने एक दिन पक्कै गन्तव्यमा पुगिने छ।

    अध्ययनका लागि कुन समय उपयुक्त हुन्छ? त्यस्तो केही हुन्छ कि?

    समय व्यवस्थापनको कुरा व्यक्तिमा भर पर्छ। कसैले बिहान पढ्ने, कसैले साझ पढ्ने भनिरहनु भएको हुन्छ। त्यसो नभएर कसका लागि कुन समय उपयुक्त हुन्छ, सोही अनुसार अध्ययन गर्नुपर्छ। कसैलाई साझ पढ्दा याद होला, कसैलाई बिहान पढ्दा याद होला। तर, एक दुई घण्टा पढेर म लोकसेवामा सफल हुन्छु सोच्नु गलत हो। समय निकाले ७/८ घण्टा बढ्नुपर्छ।

    परीक्षार्थीलाई थप केही भन्नु हुन्छ?

    म साथीहरूलाई अरुको लहलहैमा लागेर नपढ्न आग्रह गर्छु। आफ्नो समय र योजना अनुसार अध्ययन गर्न मेरो सुझाव छ। कलेजको टपर लोकसेवामा नाम ननिकाल्न पनि सक्छन्। तर, मिहिनेत गर्ने मानिस लोकसेवामा नाम निकाल्छ। लोकसेवाको विश्वसनीयता पनि उच्च छ। सामान्य परीवारको मानिस पनि लोकसेवामा नाम निकाल्छ। त्यसैले सबै भन्दा ठूलो कुरा मिहिनेत हो। म सबै साथीहरूलाई मिहिनेत गर्न आग्रह गर्छु।