काठमाडौं– एसिया कप क्रिकेटमा आसिफ शेखले भारतविरुद्ध अर्धशतक पूरा गरेका छन्।
आसिफले ८८ बलमा ७ चौका प्रहार गर्दै अर्धशतक बनाएका हुन्। एक दिवसीय अन्तर्राष्ट्रियमा आसिफको यो १० औं अर्धशतक हो।
एक दिवसीय क्रिकेटमा नेपालबाट उनी सर्वाधिक अर्धशतक बनाउने खेलाडी पनि हुन्। उनी पछि कप्तान रोहितकुमार पौडेलले धेरै अर्धशतक गरेका छन्। रोहितले एकदिवसीयमा एक शतक र आठ अर्ध शतक बनाएका छन्।
आसिफले पनि एक दिवसीयमा एक शतक बनाएका छन्।