एसिया कप: भारतविरुद्ध नेपालले पूरा गर्‍यो १०० रन - Chaitanya News
  • 2026-06-07
  • 00:26:29
  • शनिबार,जेठ २३, २०८३
  • एसिया कप: भारतविरुद्ध नेपालले पूरा गर्‍यो १०० रन

    एसिया कप: भारतविरुद्ध नेपालले पूरा गर्‍यो १०० रन

    काठमाडौं– एसिया कपमा भारतविरुद्ध नेपालले सय रन पूरा गरेको छ।

    २१ ओभरमा ३ विकेट गुमाउँदै नेपालले सय रन पूरा गरेको हो। टस हारेर पहिले ब्याटिङ गरेको नेपालका लागि पहिलो विकेटका लागि कुशल भुर्तेल र आसिफ शेखले राम्रो साझेदारी गरेका थिए।

    भुर्तेलले ६ छक्का र तीन चौकासहित २५ बलमै ३८ रन बनाएर आउट भए।

    दोस्रो विकेटका रुपमा भीम सार्की सात रनमै आउट भए भने तेस्रो विकेटका रुपमा कप्तान रोहितकुमार पौडेल पाँच रनमै आउट भए।

    नटआउट आसिफले ४४ रन बनाए।