एसिया कप: भारतविरुद्ध ३८ रन बनाएर कुशल भुर्तेल आउट - Chaitanya News
  • 2026-06-07
  • 00:26:00
  • शनिबार,जेठ २३, २०८३
  • एसिया कप: भारतविरुद्ध ३८ रन बनाएर कुशल भुर्तेल आउट

    एसिया कप: भारतविरुद्ध ३८ रन बनाएर कुशल भुर्तेल आउट

    काठमाडौं– एसिया कपमा नेपालले टेष्ट राष्ट्र भारतविरुद्ध राम्रो सुरुवात गरेको छ।

    टस हारेर पहिले ब्याटिङ गरेको नेपालका लागि ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले साझेदारी बढाउँदै लगेका छन्। नेपालले ९.५ ओभरमा पहिलो विकेट गुमाएको छ।

    कुशल २५ बलमा ३८ रन बनाएर आउट भएका छन्। ९.५ ओभरको खेल सकिँदा नेपालले एक विकेट गुमाएर ६५ रन जोडेको छ। ओपनर आसिफ शेख २२ रनका साथ क्रिजमा छन् भने उनलाई साथ दिन भीम सार्की आएका छन्।