मेषः (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
पेसागत जिम्मेवारी बढ्नेछ। अध्ययनमा जुट्नेहरूलाई सफलता प्राप्त हुनेछ। विदेश ताक्नेहरूलाई यात्राको साइत जुर्न सक्छ। मनपर्ने वस्त्र, आभूषण आदि उपहार प्राप्त हुनेछन्।
वृषः (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
सानो काममा लामो समय बित्नेछ र श्रमको तुलनामा न्यून प्रतिफल प्राप्त हुनेछ। वादविवादको योग देखिएकाले धैर्य एवं सुझबुझका साथ काममा जुट्नुहोला। परिस्थिति अनुकूल बनाउन व्यवहारमा सुधार ल्याउनुपर्नेछ। प्रयत्न गर्दा व्यवसायमा सुधारका लक्षण पनि देखिनेछन्।
मिथुनः (का, कि, कु, घ, ङ, छ, के, को, ह)
अप्ठ्यारा काममा हात हाल्नाले समस्याबाट बाहिरिन समय लाग्नेछ। प्रतिष्ठाको भ्रमले श्रम, समय र धन खर्च हुनेछ। बोलीको लयमा कठोरताको आभास हुनाले सहयोगीहरू जिम्मेवारीबाट पन्छिन सक्छन्।
कर्कटः(हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
प्रतिज्ञा पूरा नगरे पनि आफन्तसँग नम्र व्यवहार गर्नुहोला। महिनाको उत्तरार्ध लागेपछि स्थितिमा सुधार आउनेछ। प्रयत्न गर्दा देश–विदेशको यात्रा गर्ने साइत जुर्ने सम्भावना छ।
सिहंः (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
समस्या पर्दा सहयोगीहरू कमै भेटिनेछन्। कर्मक्षेत्रमा धेरै मिहिनेत र दौडधुप गर्नुपर्ने समय छ। उधारो व्यापार गर्नुपर्ला। अधिक कर्जा लिएर जोखिम निम्त्याउनु भन्दा क्षति हुनबाट जोगिने प्रयास गर्नुहोला।
कन्याः (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आशा देखाउनेहरूले झुक्याउन सक्छन्। परिस्थिति अनुकूल नभएसम्म नयाँ कार्ययोजना अघि नबढाउनुहोला।
तुलाः (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
सानो कमजोरीले आर्थिक व्यवस्थापान असन्तुलित बन्न सक्छ। सञ्चित रकम किनमेलमा खर्च हुनेछ भने लगानी तथा सरसापटमा गएको रकम अड्किनाले व्यवहारमा अर्थअभाव देखापर्ने सम्भावना छ।
वृश्चिकः (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
प्रमाण नराखी दिएको नगद र उधारो व्यापारले भने वादविवाद निम्त्याउन सक्छ। भौतिक साधनमा क्षति पुग्न सक्छ।
धनुः (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
पछिल्ला दिनमा आयस्रोत कमजोर हुनेछ, आर्जित धन र उपलब्धि जोगाउने प्रयास गर्नुहोला।
मकरः (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आयआर्जनका नयाँ स्रोत फेला पर्नेछन्। सेयर तथा साझेदारीमा मनग्य फाइदा हुनेछ। उठ्नुपर्ने रकम हातलागी हुनेछ। पछि फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ। विदेश ताक्नेहरूका लागि यात्राको प्रक्रिया अघि बढ्नेछ।
कुम्भ ः (गु, गे, गो, सा, सि, सु, से, सो, द)
रोकिएका कामले गति लिनुका साथै आयस्रोत सबल बन्नेछन्। व्यापार बढ्नेछ, चिताएको काम बन्नेछ र व्यवसायले उचाइको मार्ग अवलम्बन गर्नेछ।
मीनः (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
कृषि र पशुधनबाट यथेष्ट लाभ मिल्नेछ। नोकरीतर्फ नयाँ अवसर प्राप्त हुने समय छ। मिहिनेतले स्वरोजगार बन्न सफल भइनेछ।