चैतन्य राशिफलः कर्कटलाई लक्ष्य उचाइ प्राप्त गर्न समय लाग्ने अन्यलाई कस्तो ? - Chaitanya News
  • 2026-11-19
  • 05:25:27
  • बुधबार,मंसिर ०३, २०८३
  • चैतन्य राशिफलः कर्कटलाई लक्ष्य उचाइ प्राप्त गर्न समय लाग्ने अन्यलाई कस्तो ?

    चैतन्य राशिफलः कर्कटलाई लक्ष्य उचाइ प्राप्त गर्न समय लाग्ने अन्यलाई कस्तो ?

     

    मेषः (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    अध्ययन र लेखनतर्फ प्रगति हुनेछ। मिहिनेतले स्वरोजगार बन्न सफल भइनेछ। नियमित आयआर्जन हुनाले पुरानो कर्जा घटाउने समय छ। विदेश ताक्नेहरूलाई महिनाको उत्तरार्धमा यात्राको साइत जुर्न सक्छ।

    वृषः (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
    कृषितर्फ उत्पादनको राम्रो मूल्य प्राप्त हुनेछ। पशुपालनबाट लाभ उठाउन सकिनेछ। राम्रो सवारी तथा विभिन्न भौतिक साधनहरू जुटाउने समय छ। पेसा–व्यवसायमा मनग्य फाइदा हुनेछ। घरमा सुख–समृद्धि बढ्नेछ।

    मिथुनः (का, कि, कु, घ, ङ, छ, के, को, ह)
    शुभचिन्तकको प्रेरणाले हौसला र उपलब्धि प्राप्त हुनेछ। परिश्रम गर्नेहरूलाई सम्भावनाका बाटाहरू फेला पर्नेछन्।

    कर्कटः(हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    लक्ष्यको उचाइ प्राप्त गर्न केही समय लाग्न सक्छ। सामान्य स्वास्थ्य समस्या देखिनाले पूर्ण समय काममा जुट्न नसकिए पनि सहयोगीले साथ दिनेछन्।

    सिहंः (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    घर–व्यवहार सुधार्न केही समय सामाजिक जिम्मेवारीबाट पछि हट्नुपर्ने स्थिति आउन सक्छ। अध्ययनमा धेरै उपलब्धि नभए पनि विदेश ताक्नेहरूलाई यात्राको प्रक्रिया अघि बढ्नेछ। तत्काललाई केही काम रोकिए पनि पहिलेको साख र उपलब्धि जोगाउन सकिनेछ, मेहनत गर्नुहोला।

    कन्याः (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
    पेसा–व्यवसायमा नयाँ योजना थाल्न समस्या पर्नेछ। महत्त्वाकांक्षाले आर्थिक जोखिम निम्त्याउन सक्छ। नोकरीमा अरूको दबाब झेल्नुपर्ने अवस्था आउन सक्छ। अप्ठ्यारो समयमै सहयोगीहरूले साथ दिन छाड्नेछन्।

    तुलाः (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
    अर्थ अभाव र पारिवारिक दबाबले व्यवहार अस्थिरतातर्फ मोडिन सक्छ। उठ्नुपर्ने रकम हातलागी नहुँदा कर्जा लिनुपर्ने अवस्था आउन सक्छ। बाहिरी काम रोकेर पनि आफन्तका लागि समय छुट्याउनुपर्ला।

    वृश्चिकः (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    दाजुभाइमा भने केही असमझदारी बढ्न सक्छ। साझेदारी तथा सगोलको सम्पत्तिमा विवाद आउने हुँदा घरायसी माहोल बिग्रन सक्छ। आफ्नो उपलब्धिमा पनि अरूले दाबी गर्ने सम्भावना रहेकाले सावधान रहनुहोला।

    धनुः (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
    उद्योग–धन्दा र व्यापारमा विशेष सफलता मिल्नेछ। नोकरी तथा राजनीति गर्नेहरूलाई पनि पद–प्रतिष्ठा प्राप्त हुने समय छ। प्रतिस्पर्धीहरूले हार खानेछन्। घरमा सुख–समृद्धि बढ्नेछ। भूमिलगायत स्थायी सम्पत्ति हातपार्ने समय छ।

    मकरः (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
    बल, पराक्रम, तेज बढ्नाले चुनौतीका पहाड चिर्ने आँट जाग्नेछ। शत्रु र रोगबाट छुटकारा पाइनेछ। प्रतिष्ठित व्यक्तिहरू सहयोगीका रूपमा देखापर्नेछन्। स्रोत–साधन जुट्नाले महत्त्वाकांक्षी काम थालनी गर्न सकिनेछ। रोकिएका काम सम्पादन हुनेछन्।

    कुम्भ ः (गु, गे, गो, सा, सि, सु, से, सो, द)
    स्वास्थ्यमा शिर, दाँत र आँखाको समस्याले सताउन सक्छ। परिश्रम गर्नेहरूलाई सम्भावनाका बाटाहरू फेला पर्नेछन्। गरेका कामबाट बिस्तारै लाभ मिल्नेछ। मिहिनेत गर्दा अध्ययनमा राम्रो प्रगति हुनेछ। विदेश ताक्नेहरूलाई यात्राको साइत जुर्न सक्छ।

    मीनः (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
    कृषितर्फ नयाँ प्रविधि भित्र्याउने समय छ। सञ्चित रकम खर्चनुपरे पनि भौतिक साधन र केही उपकरण संग्रह गर्न सकिनेछ। लेनदेनसम्बन्धी पुरानो हिसाबले वादविवाद निम्त्याउन सक्छ।