काठमाडौं– फलफूल सेवन गर्नु स्वास्थ्यका लागि लाभदायक हुन्छ। तर कतिपय फलफूल यस्ता हुन्छन्, जसलाई खाली पेटमा खानु उचित हुँदैन। त्यसले स्वास्थ्यलाई हानिकारक हुन्छ। यी हुन खाली पेटमा खानै नहुँने फलफुलहरु
१. आँप:
आँपलाई फलको राजासमेत भनिन्छ। यो स्वादिलो मात्र होइन, उत्तिकै पोषिलो फल पनि हो। त्यसो त आँपको पात, बोक्रा सबै औषधीय गुणले भरिपूर्ण मानिन्छ। आफैँ आफैँमा गुणी फल हो। तर आँप खाली पेटमा खानु उचित हुँदैन।
२. केरा:
आइरन तथा पोटासियमले भरपूर केरा स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ। यसको सेवनले शरीरमा आइरनको कमी हुन पाउँदैन। तर खाली पेटमा केराको सेवनले भने स्वास्थ्यमा प्रतिकूल असर पार्न सक्छ।
३. लिची:
लिचीमा पर्याप्त खनिज तत्व पाइन्छ। यसको प्रमुख पोषक तत्व भने कार्बोहाइड्रेट हो। कलेजो र कमलपित्तजस्ता रोगीका लागि लिची फलको सेवन लाभदायक हुन्छ। पाचन प्रणालीको विकार हटाउन समेत यसले मद्दत गर्छ। यति गुणी फल भए पनि यसलाई खाली पेटमा खानु हानिकारक हुन्छ। खाली पेटमा यसको सेवन गरेकै कारण बालबालिकाको मृत्यु भएको खबर पनि वर्षेनी आउने गर्छ।
४. गोलभेडा:
चाहे अचार खान होस् वा दाल–तरकारीमा राख्न, गोलभेडा चाहिन्छ। त्यसो त सलादको रूपमा काँचो खान पनि गोलभेडा उपयुक्त हुन्छ।
गोलभेडामा एन्टिअक्सिडेन्ट प्रशस्त मात्रामा पाइन्छ। यसले क्यान्सर तथा मुटु रोगको जोखिम कम गर्नुका साथै छालालाई स्वस्थ राख्न मद्दत गर्छ। यसमा भिटामिन सी, भिटामिन के , पोटासियम तथा फोलेट पनि पर्याप्त मात्रामा पाइन्छ। तथापि, खाली पेट तथा गलत समयमा टमाटरको सेवनले एसिडिटी हुनुका साथै पत्थरी, ग्यास्ट्रिक तथा अल्सरको जोखिम हुन्छ।