यो गर्मी बढिरहेको बेला दही खान कसलाई खान मन नपर्ला र ? यो मौसममा डाक्टरहरु पनि फिट रहनका लागि दही खान सल्लाह दिन्छन्। अधिक तेल मसलायुक्त खानेकुराबाट बच्नुपर्ने गर्मी मौसममा चिसो दहीको खास महत्व हुने नै भयो। शरीरमा गर्मी गढ्न नदिन दहीको प्रयोग यो मौसममा उचित पनि हो। गर्मीमा दही खाँदा शरीरको तापमान सन्तुलित राख्न सहयोग पुग्छ।
यसमा रहेको भिटामिन, क्याल्सियम प्रोटिन लगायत पोषक तत्वले शरीलाई पुर्याउने फाइदाबारे धेरैलाई जानकारी छ। तर, दही खाने पनि आफ्नै नियमहरु छन्, यसको अनुचित प्रयोगले स्वास्थ्यमा फाइएदा भन्दा बढी हानी गर्न सक्छ।
आम हिसावमा रातिको समयमा दही खानु उचित मानिँदैन। रातको समयमा दही खादा शरीरमा तापमान र रक्तचापलाई असन्तुलित गर्छ। त्यसैले दही रातको समयमा सेवन नगर्नु नै राम्रो मानिन्छ।
राति दही खाँदा तपाईंलाई रुघा खोकी लाग्ने सम्भावना पनि निकै बढ्छ। रातमा दही सेवनले शरीरमा सर्दी गराउन सक्छ। यसले झाडापखाला हुने खतरालाई पनि बढाउँछ।
यो समयमा दही पिउँदा दिउँसो सकेसम्म चिनीको प्रयोग नगर्नु राम्रो हुन्छ। बेलुकीको सयमा दही पिउनै परे केही कालो मरिचको धुलो मिसाए पिउनु स्वास्थ्यका लागि लाभदायक हुन्छ।