कृषि मन्त्रालयद्वारा खारेजी प्रक्रियामा रहेका कार्यालयहरूको बजेट फुकुवा - Chaitanya News
  • 2026-11-19
  • 03:21:24
  • बुधबार,मंसिर ०३, २०८३
  • कृषि मन्त्रालयद्वारा खारेजी प्रक्रियामा रहेका कार्यालयहरूको बजेट फुकुवा

    कृषि मन्त्रालयद्वारा खारेजी प्रक्रियामा रहेका कार्यालयहरूको बजेट फुकुवा

    काठमाडौँ– कृषि मन्त्री डा. वेदुराम भुसालले सरकारले खारेजीको निर्णय गरेका कृषि तथा पशुपंक्षी विकास मन्त्रालय मातहतका कार्यालयको बजेट फुकुवा भएको जानकारी दिएका छन। आज आइतबार) कार्यभार सम्हालेको ५ महिना पुगेको अवसरमा आयोजित पत्रकार सम्मेलनमा यस्तो जानकारी दिइएका हुन्।

    मर्जर तथा खारेजीको प्रक्रिया सुरु नहुन्जेलसम्ममा कार्यालयहरूको काम प्रभावित हुन नदिन यस्तो निर्णय भएको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जनाएको छ।

    बजेट घोषणापछि शून्य बजेटको अवस्थामा रहेका कार्यालयहरूको काम प्रभावित भएपछि अर्थ मन्त्रालयसँगको समन्वयमा यस्तो निर्णय भएको मन्त्रालयले जनाएको हो।