युवा संघ नेपालको कार्यवाहकको जिम्मेवारी पुष्प श्रेष्ठलाई - Chaitanya News
  • 2026-11-19
  • 03:21:27
  • बुधबार,मंसिर ०३, २०८३
  • युवा संघ नेपालको कार्यवाहकको जिम्मेवारी पुष्प श्रेष्ठलाई

    युवा संघ नेपालको कार्यवाहकको जिम्मेवारी पुष्प श्रेष्ठलाई

    काठमाडौं– एमालेको भातृसंगठन राष्ट्रिय युवा संघ नेपालको कार्यवहाकको जिम्मेवारी पुष्प श्रेष्ठलाई दिइएको छ।

    अध्यक्ष क्षितिज थेबे एमाले महासचिव शंकर पोखरेल नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा गएपछि कार्यवहाकको जिम्मेवारी श्रेष्ठलाई दिइएको प्रवक्ता निरोज पौडेलले जानकारी दिए।

    संगठनको दैनिकी रुपमा गरिने कामकाजको जिम्मेवारी र संघले तय गर्ने अबको आन्दोलनको सम्पूर्ण ब्यवस्थापन कार्यवाहाक अध्यक्ष श्रेष्ठले गर्ने प्रवक्ता पौडेलले बताए।

    युवा संघले शनिबार महंगी, कालोबजारी र भ्रष्टचार बिरुद्ध सडक आन्दोलन पुष्प श्रेष्ठको नेतृत्वमा गरेको थियो।

    चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा पार्टी महासचिव पोखरेल नेतृत्वको भ्रमण टोलीले चीनका तीन मुख्य शहर छोङछिङ, बेइजिङ र छिङहाइको भ्रमण गर्ने बताइएको छ।

    भ्रमणका क्रममा चिनियाँ कम्युनिष्ट पार्टीका उच्चस्तरका नेतासँग भेटवार्ता हुनेछ।

    भेटमा नेपाल र चीनको द्विपक्षीय सम्बन्धका विविध पक्ष र एमाले र चिनियाँ कम्युनिष्ट पार्टी ९सीपीसी० बीचको पार्टीगत सम्बन्धका विभिन्न आयामबारे छलफल हुने बताइएको छ।