बजेटको अभावका कारण तय गरिएका योजना सम्पन्न गर्न सक्ने अवस्था छैन : मन्त्री आचार्य - Chaitanya News
  • 2026-05-26
  • 15:48:25
  • मंगलबार,जेठ १२, २०८३
  • बजेटको अभावका कारण तय गरिएका योजना सम्पन्न गर्न सक्ने अवस्था छैन : मन्त्री आचार्य

    बजेटको अभावका कारण तय गरिएका योजना सम्पन्न गर्न सक्ने अवस्था छैन : मन्त्री आचार्य

    काठमाडौँ– महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले बजेटको अभावका कारण आफ्नो मन्त्रालयले तय गरिएका योजना तथा कार्यक्रमहरू पनि सम्पन्न गर्न सक्ने अवस्था नरहेको बताएका छन्। आज (आइतबार) संघीय संसद् पूतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको सिंहदरवारमा बसेको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।

    बाल सुधार गृह, वृद्धा आश्रम समेत बजेटकै अभावमा आवश्यकता अनुसार बनाउन नसकिने मन्त्री आचार्यको स्पष्टीकरण थियो। उनले बाल विवाह, सामाजिक सुरक्षा भत्ता, स्वास्थ्यसँग सम्बन्धित समस्या पनि अरू मन्त्रालयसँग अन्तरसम्बन्धित भएकाले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले चाहे अनुसार अघि बढाउन सक्ने अवस्था नरहेको तर्क गरे।

    उनले बाल सुधार गृहको क्षमता वृद्धि गर्ने काम आवश्यक भएपनि त्यसका लागि अर्थ मन्त्रालयले आवश्यक बजेटको व्यवस्था नगरेको गुनासो समेत गरे।

    ‘‘खासगरी यो मन्त्रालयले धेरै कामहरू आफै गर्न सक्ने अवस्था छैन। किन भन्दा बाल विवाहका कुराहरू उठ्छन्। त्यो गृह मन्त्रालयले हेर्नुपर्ने। स्वास्थ्य समस्याका कुराहरू स्वास्थ्य मन्त्रालयले हेर्नुपर्ने। विभिन्न मन्त्रालय यसमा जोडिएको छ। सामाजिक सुरक्षा भत्ताका कुरा त्यो श्रम मन्त्रालयले हेर्नुपर्ने। यसले गर्दा खेरी पनि अलिकति अन्योलको अवस्था छ। खासगरी यो मन्त्रालयमा बजेटको अभाव नै प्रमुख कारण पनि हो,’ मन्त्री आचार्यले भने, ‘बजेट अत्यन्त न्यून भएको कारणले पनि हामीले सोचेजस्तो विभिन्न ठाउँमा कार्यक्रमहरू, योजनाहरू सम्पन्न गर्न सक्ने अवस्था पनि छैन। बाल सुधार गृहका कुराहरू गर्दा बालसुधार गृहमन्त्री, जो देश भरी ८ वटा छन्। ४ वटा मन्त्रालयको व्यवस्थापनमा सञ्चालनमा छ। र, बाँकी ४ वटा यूसेफ भन्ने एउटा संस्थाले त्यसको व्यवस्थापन हेरेको छ। त्यहाँ क्षमताभन्दा बढी बच्चाहरूको संख्या छ। त्यसले त्यसको संख्या बढाउनुपर्ने आवश्यकता छ। अर्थ मन्त्रालयले बजेट नदिएको कारण त्यो काम गत वर्ष पनि हुन सकेन।