काठमाडौं– आज सेयर बजार (नेप्से परिसूचक) २९.८१ अंकले घटेर १९६०.७८ बिन्दुमा बन्द भएको छ।
सेयर बजार घटेपनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ।
गत कारोबार दिन १ अर्ब १३ करोड रूपेयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम बढेर १ अर्ब १८ करोड ६६ लाख १८ हजार ४१० रुपैयाँ पुगेको छ।
यस दिन २७६ वटा धितोपत्रको ४० लाख ५३ हजार ३६८ कित्ता सेयर किनबेच भएको हो।
आइतबार थ्रि स्टार हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ।
उक्त कम्पनीको सेयर मूल्य २५४ रुपैयाँ १० पैसा पुगेको छ।