काठमाडौँ–सरकारले नेपालमा प्रसारण अनुमतिप्राप्त विदेशी सशुल्क टेलिभिजन च्यानलहरू (पे टिभी) मा अलाकार्ट मूल्य प्रणाली पूर्ण कार्यान्वयनमा ल्याएको छ।
प्रत्येक च्यानल र बुकेको अन्तिम शुल्क निर्धारण गर्दै सूचना तथा सञ्चार मन्त्रालयले आलाकार्ट कार्यान्वयन गरेको हो।
राष्ट्रिय प्रसारण ऐन २०४९ तथा नियमावली, २०५२ बमोजिम केबुल, डीटीएच, एमएसओ, एएमडीएस, आइपीटीभी, डीटीटीभी लगायत माध्यमबाट उपभोक्तासम्म पुग्ने च्यानलहरुले लिनसक्ने शुल्क मन्त्रालयले निर्धारण गरेको छ।
सञ्चारमन्त्री रेखा शर्माले १५ भदौमा गरेको मन्त्री स्तरीय निर्णयअनुसार प्रसारण संस्थाहरूले अब उपभोक्ताबाट मासिकरुपमा तोकिएको शुल्क मात्र लिन पाउने छन्। यसअघि बुकेको शुल्क निर्धारण गरिएकोमा अहिले प्रत्येक च्यानलको शुल्क तोकेर मन्त्रालयले सूचना जारी गरेको हो।