नेपाली खेलाडीहरुको हौसला बढाउन बालेन शाह श्रीलंका जाँदै - Chaitanya News
  • 2026-06-07
  • 00:28:42
  • शनिबार,जेठ २३, २०८३
  • नेपाली खेलाडीहरुको हौसला बढाउन बालेन शाह श्रीलंका जाँदै

    नेपाली खेलाडीहरुको हौसला बढाउन बालेन शाह श्रीलंका जाँदै

    काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह नेपाली खेलाडीहरुको हौसला बढाउन श्रीलंका जाँदै छन्।

    उनी हिमालयन एयरलाइन्सको उडानमार्फत दिउँसो श्रीलंका जान लागेका हुन्।

    एसिया कपअन्तर्गत सोमबार नेपाल र भारको खेल हुँदैछ। उक्त खेलमा नेपाली खेलाडीको हौसला बढाउन बालेन श्रीलंका जान लागेका हुन्।

    समूह एमा रहेको नेपाल बुधबार भएको पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको थियो।

    यही समूहमा रहेका भारत र पाकिस्तानले भने वर्षाले खेल रद्द हुँदा अंक बाँडेका छन्।