आइर्एसीसी महिला टी –२०: नेपालको लगातार तेस्रो जित, भुटान तीन विकेटले पराजित - Chaitanya News
  • 2026-06-07
  • 00:27:08
  • शनिबार,जेठ २३, २०८३
  • आइर्एसीसी महिला टी –२०: नेपालको लगातार तेस्रो जित, भुटान तीन विकेटले पराजित

    आइर्एसीसी महिला टी –२०: नेपालको लगातार तेस्रो जित, भुटान तीन विकेटले पराजित

    काठमाडौं– आईसीसी महिला टी– २० विश्वकप एशिया क्षेत्र छनोट खेलमा नेपालले लगातार तेस्रो जित हासिल गरेको छ।

    आज (आइतबार) भएको खेलमा नेपालले भुटानलाई तीन विकेटले पराजित गरेको हो। मलेशियाको क्वालालम्पुरस्थित युकेएम वाइएसडी रङ्गशालामा भएको खेलमा नेपालले भुटानलाई पराजित गरेको हो।

    यससँगै नेपालले ६ अंक जोडेको छ। नेपालको सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनेको छ।

    नेपालले पहिलो खेलमा मलेशियालाई पाँच रनले पराजित गरेको थियो भने दोस्रो खेलमा बहरबाइनलाई १० विकेटले हराएको थियो।

    भुटानले प्रस्तुत गरेको ४० रनको सामान्य लक्ष्य नेपालले १३२ ओभरमा सात विकेट गुमाउँदै पूरा गरेको हो। नेपालका लागि कप्तान रुविना क्षेत्रीले अविजित १२ रन बनाइन्।

    भुटानका लागि अञ्जुली घलेले तीन, छिरिङ जाङ्मोले दुई तथा सोनम छोदेन र अञ्जु गुरुङले एक(एक विकेट लिए।

    त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भुटानले आठ विकेट गुमाएर ३९ रन बनाएको थियो। भुटानका लागि कप्तान डिचेन वाड्गमोले २१ रन बनाइन्।

    भुटानलाई सस्तैमा समेट्ने क्रममा नेपालका लागि पूजा महतोले तीन विकेट लिइन भने कविता कुँवर, खुसी डङ्गोल र रुबिना क्षेत्रीले समान एक(एक विकेट लिए।

    नेपालले अब सोमबार कतारसँग खेल्नेछ।
    जततउकस्ररधधध।जष्mबपिजबदबच।अयmरलभधकरज्ञघठडघद्द