दैनिक कुन समयमा कति पानी पिउने? - Chaitanya News
  • 2026-05-03
  • 17:07:51
  • आइतबार,बैशाख २०, २०८३
  • दैनिक कुन समयमा कति पानी पिउने?

    दैनिक कुन समयमा कति पानी पिउने?

    पानी स्वास्थ्यका लागि लाभदायक छ भन्ने कुरा हामीलाई थाह नै छ। तर कतिवेला कति मात्रामा पानी पिउने भन्नेकुरा सबैलाई थाह नहुन सक्छ।

    चिकित्सकहरुले सामान्य त प्रत्येक दिन ठूलो गिलासको आठ गिलास पानी पिउन सल्लाह दिने गर्दछन् तर त्यो पानी कतिवेला पिउनु पर्छ भनेर बताएका हुँदैनन। तर हामीले केही विज्ञसंग यसबारेमा कुरा गरी पानी पिउने ठीक समयको बारेमा जानकारी लिने कोषिश गरेका छौँ।

    कतिवेला पिउने पानी?

    विहान उठनासाथ एक गिलास पानी पिऔँ : विहान उठनासाथ एक गिलास पानी पिउनु राम्रो हुन्छ। यसले शरीरका अंगहरुलाई क्रियाशिल बनाउँछ। विज्ञहरुका अनुसार विहानको खाजा खानु अघि नै पानी पिउन सकियो भने शरीरका विषाक्त पदार्थ शरीरबाट निकाल्न सहज हुनेछ।

    खाना खानु भन्दा पहिले एक गिलास पिउँ

    खाना खानुभन्दा आधा घण्टा पहिले नै कम्तीमा एक गिलास पानी पिएको राम्रो मानिन्छ। यसले पाचन प्रणालीलाई सहयोग पुरयाउँने विज्ञहरु बताउँछन्।

    खाना खाएपछि एक गिलास पानी पिउँ

    खाना खाएपछि एक गिलास पानी पिएको राम्रो यसले शरीरको पाँचन शक्तिलाई थप सहयोग पुरयाउँछ। तर अति पहिला र अति पछि चाहि नपिएको राम्रो।

    नुहाउनु भन्दा अघि एक गिलास पानी पिएको राम्रो

    नुहाउनु अघि एक गिलास पानी पिउँदा रक्तचापको स्तर ठिक हुनजान्छ। यसैले नुहाउनु अघि पनि एक गिलास पानी पिएको राम्रो मानिन्छ।

    सुत्नु अघि एक गिलास पानी पिउनु राम्रो

    सुत्नु भन्दा अघि एक गिलास पानी पिउँदा रातीको समयमा शरीरमा हुनेवाला पानीको नोक्सानको पूर्ति हुनसक्छ। त्यसैले सुत्नु अघि एक गिलास पानी पिएको राम्रो मानिन्छ।

    तर विज्ञहरुले यो पनि भनेका छन् कि शरीर, बाताबरण, काम अनुसार पनि पानी पिउने मात्रा र समय फेरबदल गर्न सकिन्छ। जस्तै कडा शारीरिक परिश्रम गर्ने व्यक्तिका लागि ८ गिलास पानी पर्याप्त नहुन सक्छ। गर्मी ठाँउमा बस्ने व्यक्तिका लागि पनि सो मात्रा नमिल्न सक्छ। बच्चा र बृद्धको तुलनामा युवाहरुका लागि पानी धेरै चाहिन सक्छ। त्यसैले माथिको मापदण्डमा आवश्यकता अनुसार थपघट गर्न सकिन्छ। – एजेन्सी