पछिल्लो एक महिनामा झण्डै साढे ९ हजार पर्यटक नेपाल आए, कुन देशका कति? - Chaitanya News
  • 2026-11-19
  • 03:06:46
  • बुधबार,मंसिर ०३, २०८३
  • पछिल्लो एक महिनामा झण्डै साढे ९ हजार पर्यटक नेपाल आए, कुन देशका कति?

    पछिल्लो एक महिनामा झण्डै साढे ९ हजार पर्यटक नेपाल आए, कुन देशका कति?

    काठमाडौं– पछिल्लो एक महिनामा झण्डै साढे ९ हजार पर्यटक नेपाल आएका छन्।

    योसँगै सन् २०२३ को ८ महिनामा नेपाल आउने विदेशी पर्यटकको संख्या ६७ हजार १५३ पुगेको नेपाल पर्यटन बोर्डले जनाएको छ। गत महिना ५७ हजार ७२६ जना पर्यटक नेपाल आएका थिए। गतवर्ष यसैअवधिमा जम्मा ४१ हजार २०४ जना पर्यटकले नेपाल भ्रमण गरेका थिए।

    यस अवधिमा सबैभन्दा धेरै पर्यटक भारतबाट आएका छन्। भारतपछि चीन र अमेरिका बाट धेरै पर्यटक नेपाल आएको पर्यटन बोर्डले जनाएको छ।

    यस अवधिमा नेपाल भ्रमण गर्ने भारतीयको संख्या २६ हजार ६६५ रहेको छ। चीनबाट ५ हजार २७ जना र अमेरिकाबाट ४ हजार ६२९ पर्यटक नेपाल भ्रमणमा आएका छन्।

    श्रीलंकाबाट ३ हजार ८५८ जना पर्यटक नेपाल भित्रिदा बंगलादेशबाट ३ हजार १९० जनाले नेपाल भ्रमण गरेको बोर्डले जनाएको छ। बेलायतबाट २ हजार ७११ जना पर्यटक नेपाल आएका छन् भने स्पेनबाट १५ सय ८८ जना पर्यटक नेपाल आएका छन्।

    यस्तै जापानबाट १५ सय २०, इटालीबाट १४ सय ९६ र अष्टे«लियाबाट १३ सय ४७ जनाले नेपाल भ्रमण गरेको बोर्डले जनाएको छ।