काँग्रेसमाथि चौतर्फी आक्रमण भयो : शेखर कोइराला - Chaitanya News
  • 2026-11-19
  • 02:59:06
  • बुधबार,मंसिर ०३, २०८३
  • काँग्रेसमाथि चौतर्फी आक्रमण भयो : शेखर कोइराला

    काँग्रेसमाथि चौतर्फी आक्रमण भयो : शेखर कोइराला

    तनहुँ– नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले काँग्रेसमाथि चौतर्फी आक्रमण भइरहेको बताएका छन्।

    आज (शुक्रबार) दमौलीस्थित वीपी स्मृचि भवनमा नेपाली काँग्रेस जिल्ला कार्यसमितिले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। यस्तै उनले आक्रमणलाई परास्त गर्न सबै एक ढिक्का भएर लाग्नुपर्ने बताए। डा. कोइरालाले भने, “सबै तवरबाट भएको आक्रमणलाई परास्त गर्न आवश्यक छ, त्यसैले अब काँग्रेस एक ढिक्का हुनुपर्छ।” उपनिर्वाचनमा विजयी हुन नसके पनि निराश हुनुपर्ने अवस्था नरहेको चर्चा गर्दै उनले तनहुँ काँग्रेसको गढ हो चिन्ता लिनुपर्ने अवस्था छैन तर नेतृत्वले एक ढिक्का बनाउन प्रयत्नरत हुनुपर्नेमा जोड दिए।

    कोइरालाले भने, “देशको आर्थिक, धार्मिक, सांस्कृतिक र अब कूटनीतिक क्षेत्रमा समेत कतै ठिक देखिँदैन, यसको समाधानका लागि जबसम्म काँग्रेसको नेतृत्व हुँदैन तबसम्म कठिन हुन्छ। आगामी निर्वाचनमा काँग्रेस एक्लै चुनावी मैदान उत्रने गरी नेतृत्वले भूमिका निर्वाह गर्नुपर्नेमा उनले बताए।

    तनहुँमा काँग्रेस बलियो भए यससँग जोडिएका छिमेकी जिल्लालाई समेत प्रभाव पर्ने भएकाले यहाँको नेतृत्व निराश नभई सशक्त बन्नुपर्नेमा डा। कोइरालाले सुझाव दिए।