चैतन्य राशिफलः कर्कट राशिले हतारमा निर्णय नलिएको राम्रो - Chaitanya News
  • 2026-11-19
  • 04:53:06
  • बुधबार,मंसिर ०३, २०८३
  • चैतन्य राशिफलः कर्कट राशिले हतारमा निर्णय नलिएको राम्रो

    चैतन्य राशिफलः कर्कट राशिले हतारमा निर्णय नलिएको राम्रो

     

    मेषः (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    तारिफयोग्य कामले प्रशंसक बढ्नेछन्। मिहिनेतले ज्ञान, कला र व्यक्तित्व निखार्ने समय छ। स्वादिष्ट खानपानको आनन्द प्राप्त हुनेछ। व्यवसायमा फाइदा कम उठे पनि स्वाभिमानको रक्षा गर्न सफल भइनेछ।

    वृषः (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
    बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। पहिलेको दुविधाले निर्णायक मोड लिनेछ। काममा शुभचिन्तकहरूले साथ दिनेछन्। तर हतारमा निर्णय लिँदा केही काम दोहोर्याउनुपर्ने हुन सक्छ।

    मिथुनः (का, कि, कु, घ, ङ, छ, के, को, ह)
    वादविवादमा फसिने डरले सताउन सक्छ। अर्थ अभावले सताए पनि आजको मिहिनेतले भविष्यमा फाइदा दिलाउनेछ। बलजफ्ती गर्दा केही नोक्सान हुन सक्छ।

    कर्कटः(हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउनेछ। साझेदारीमा असमझदारी बढ्नेछ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। आस लागेको काम बिग्रिए पनि मेहनत गर्दा पछिलाई फाइदा हुनेछ। हतारमा निर्णय नलिनुहोला।

    सिहंः (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    अध्ययनको लगावले बौद्धिक क्षेत्र पनि फराकिलो बन्नेछ। पढाइमा गुरुजनको मार्गदर्शन उपयोगी हुनेछ। सहपाठीहरू पछि पर्नेछन् भने प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ।

    कन्याः (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
    मिहिनेतले नाम र दाम दिलाउनेछ। दिउँसोदेखि खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ। आवश्यकता पूरा गर्न सरसापट वा ऋण लिनुपर्ने हुन सक्छ। सोखले फजुल खर्च बढाउनेछ। आँटेको काम रोकिन सक्छ।

    तुलाः (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
    व्यापार बढ्नेछ भने यात्राको साइत जुर्न सक्छ। दिउँसोतिर प्रियजनसँग भेटघाट हुनेछ भने साँझतिर आतिथ्यपूर्ण सम्मान प्राप्त होला। आफन्तहरूको साथ जुट्नेछ। वादविवादमा अघि नसर्नुहोला, मिहिनेतले जीवनशैलीमा परिवर्तन आउनेछ।

    वृश्चिकः (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    सामान्य काममा धन र श्रम समेत खर्च हुनेछ। सहयोगीहरू पछि हट्नेछन् भने कमजोरीको फाइदा अरूले उठाउन सक्छन्। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला।

    धनुः (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
    श्रम परे पनि दिउँसोदेखि विशेष उपलब्धि प्राप्त हुनेछ। भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ। दिगो योजना बन्नेछ र पेसा–व्यवसायमा मनग्य फाइदा हुनेछ। मनमा अध्यात्मभाव जागृत हुनाले परोपकारी काममा प्रवृत्त भइनेछ।

    मकरः (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
    श्रम परे पनि लगनशीलताले विशेष उपलब्धि दिलाउनेछ। भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ। रोकिएका काम सम्पादन हुनेछन् भने मिहिनेतले विशेष जिम्मेवारी दिलाउनेछ।

    कुम्भ ः (गु, गे, गो, सा, सि, सु, से, सो, द)
    दिउँसोदेखि आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। कामबाट प्रशस्त लाभ हुनेछ। श्रमको उचित मूल्यांकन हुनाले मनग्य रकम हातलागी हुनेछ। नयाँ व्यवसायमा लगानी गर्ने वातावरण बन्न सक्छ।

    मीनः (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
    प्रयत्न गर्दा व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ। केही आम्दानी हुने समय छ। श्रमको उचित मूल्य पाइनेछ। रोकिएको काम बन्नेछ र जिम्मेवारी पनि बढ्नेछ।