काठमाडौं– आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटअन्तर्गत बहराइनविरुद्ध नेपालले टस हारेर फिल्डिङको निम्तो पाएको छ। नेपाल र बहराइनबीचको खेल मलेसियाको क्वालालम्पुर क्रिकेट मैदानमा भइरहेको हो।
बहराइनकी कप्तान दिपिका मुदियान्सिलागेले टस जितेर नेपाललाई फिल्डिङको निम्तो दिएकी हुन्।
नेपालले पहिलो खेलमा आयोजक टिम मलेसियालाई ५ रनले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको छ।
नेपालको प्लेइङ ११ मा रुबिना क्षेत्री (कप्तान), सीता रानामगर, अस्मिना कर्माचार्य, इन्दु बर्मा, काजोल श्रेष्ठ, पूजा महतो, सम्झना खड्का, खुसी डंगोल, कविता जोशी, कविता कुँवर र अप्सरी बेगम छन्।