चैतन्य राशिफलः कसको कुन राशिमा धन प्राप्ति ? - Chaitanya News
  • 2026-11-19
  • 04:40:30
  • बुधबार,मंसिर ०३, २०८३
  • चैतन्य राशिफलः कसको कुन राशिमा धन प्राप्ति ?

    चैतन्य राशिफलः कसको कुन राशिमा धन प्राप्ति ?

     

    मेषः (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    पशुपालन र कृषिमा राम्रो लाभ मिल्नेछ । सन्तान वा अनुयायीको साथले उत्साह जगाउनेछ । पुरानो सम्झौता भंग हुन सक्छ। बिछोडिएका आफन्तसँग भेटघाट होला।

    वृषः (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
    काममा आंशिक लाभ भए पनि केही समस्या बढ्नेछन् । आफ्ना कमजोरीको फाइदा उठाउनेहरू सक्रिय हुनेछन् । मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ ।

    मिथुनः (का, कि, कु, घ, ङ, छ, के, को, ह)
    तारिफयोग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। सुखद् समाचारले उत्साह जगाउनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। नयाँ काम प्रारम्भ हुनेछ।

    कर्कटः(हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    प्रतिद्वन्द्वीहरू बढ्नेछन् भने लाभांश बाँडिन सक्छ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला । उद्योग र व्यापारमा फाइदा हुनेछ । पुरुषार्थी कामले समाजमा स्थापित बनाउनेछ । चुनौती पन्छाएर पनि लाभ उठाउन सफल भइनेछ ।

    सिहंः (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    काम बन्नुका साथै दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । कामको सफलताले हौसला जगाउनेछ ।

    कन्याः (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
    खर्च लागे पनि दिगो काम गर्न सकिनेछ । खर्चिलो योजना बन्नाले धेरै रकम जोहो गर्नुपर्ला । सोखले विलासी वस्तुहरूमा खर्च गराउनेछ । साँवा उठाउँदा लाभांशमा घाटा लाग्न सक्छ ।

    तुलाः (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
    विशेष उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला । तापनि प्रयत्न गर्दा चुनौती चिर्दै काम बनाउन सकिनेछ । बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ ।

    वृश्चिकः (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    विवादास्पद कामले समस्या निम्त्याउने देखिन्छ । आम्दानी भइरहे पनि फजुल खर्च बढ्न सक्छ । विलासितामा धन खर्च गर्नुपर्ने परिस्थिति आउला। काम सम्पादन भए पनि तत्काल धेरै आम्दानीको आशा नराख्नुहोला । पछि फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ ।

    धनुः (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
    गोपनीयता भंग हुनुका साथै धन बाहिरिन सक्छ । बाध्यात्मक परिस्थितिले इच्छाशक्ति कुण्ठित हुनेछ । आफ्ना कमजोरीको फाइदा उठाउनेहरू सक्रिय हुनेछन् । स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला । नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला ।

    मकरः (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
    तारिफयोग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ । उपलब्धिको स्रोत प्राप्त हुनेछ भने प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ ।

    कुम्भ ः (गु, गे, गो, सा, सि, सु, से, सो, द)
    अवसर प्राप्त भए पनि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला । पुरानो हिसाबकिताब सुल्झाउन समय लाग्नेछ । स्वार्थका लागि साइनो गाँस्नेहरूबाट सजग रहनुहोला ।

    मीनः (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
    व्यापारमा राम्रै फड्को मार्ने समय छ । रोकिएको काम बन्नेछ भने जिम्मेवारी समेत बढ्नेछ । दिगो फाइदा हुने काम गर्न सकिनेछ । खोजी गर्दा आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। मिहिनेत गर्दा लक्ष्यअनुसार काम सम्पादन हुनेछ ।