वीर अस्पतालले ल्याइयो क्यान्सर उपचारमा उपयोगी टोमोथेरापी मेसिन - Chaitanya News
  • 2026-07-16
  • 19:46:29
  • बिहिबार,आषाढ ३२, २०८३
  • वीर अस्पतालले ल्याइयो क्यान्सर उपचारमा उपयोगी टोमोथेरापी मेसिन

    वीर अस्पतालले ल्याइयो क्यान्सर उपचारमा उपयोगी टोमोथेरापी मेसिन

    काठमाडौँ– वीर अस्पतालले क्यान्सर रोगीको उपचारका लागि आवश्यक टोमोथेरापी मेसिन ल्याएको छ। टोमोथेरापी विकिरणको माध्यमबाट क्यान्सर रोगको उपचारमा प्रयोग गरिने अत्याधुनिक उपकरण हो।

    चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति डा। भूपेन्द्र बस्नेतले सोमबार राति आइपुगेको मेसिन जडान अगाडि बढाइएको बताए। उनका अनुसार अबको एक महिनाभित्रै टेमोथेरापीबाट उपचार सञ्चालन हुनेछ।

    यसभन्दा अगाडि वीरका लागि ल्याइएको टोमोथेरापी मेसिन लामो समय बलम्बुमा रहेको सशस्त्र प्रहरी अस्पतालको खुला चौरमा राखिएको थियो। त्यतिबेला मेसिन राख्ने संरचना तयार नगरी हतार–हतार टोमोथेरापी मेसिन खरिद गर्दा थोत्रिएको थियो।

    २०७४ असार २९ मा अमेरिकी कम्पनीको नेपालस्थित एजेन्ट लाइफलाइन ट्रेड इन्टरनेशनल कम्पनीसँग वीर अस्पतालको व्यवस्थापकीय टिमले टोमोथेरापी मेसिन खरिदको सम्झौता गरेको थियो।