६० किलो सुन प्रकरणमा थप दुई सुन गाल्ने उपकरण बरामद - Chaitanya News
  • 2026-11-19
  • 02:49:36
  • बुधबार,मंसिर ०३, २०८३
  • ६० किलो सुन प्रकरणमा थप दुई सुन गाल्ने उपकरण बरामद

    ६० किलो सुन प्रकरणमा थप दुई सुन गाल्ने उपकरण बरामद

    काठमाडौं– ६० किलो सुन तस्करी प्रकरणमा संलग्न गिरोहले काठमाडौंमा राखेको थप दुई वटा सुन गाल्ने उपकरण बरामद भएको छ।

    प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उपत्यकाका विभिन्न ठाउँमा छापा मारेर सुन गाल्ने उपकरण बरामद भएको ब्यूरोकी निर्देशक एआईजी किरण बज्राचार्यले जानकारी दिइन्।

    यसअघि तस्कर समूहले प्रयोग गरेको ५ वटा सुन गाल्ने उपकरण बरामद भइसकेको थियो। ‘थप दुई वटा बरामद गरेर ल्याएका छौं’, बज्राचार्यले भनिन्।

    हालसम्म यो प्रकरणमा पक्राउ पर्नेको संख्या २५ पुगेको छ। प्रहरीले बुधबार भारतबाट पक्राउ गरेर दावा छिरिङका सहयोगी किशोर बस्नेतलाई पनि पक्राउ गरेको थियो।