तोमनाथ उप्रेती: उपसचिव, नेपाल सरकार बिषय प्रवेश मानव सभ्यताको इतिहास करोडौँ वर्ष लामो प्राकृतिक विकास, चेतनाको विस्तार, श्रमको निरन्तर अभ्यास र ज्ञानको क्रमिक सञ्चयको परिणाम हो। प्रारम्भिक मानवले प्रकृतिसँग संघर्ष गर्दै आफ्नो अस्तित्व जोगाउने क्रममा श्रमका साधन निर्माण गर्यो, भाषा विकास गर्यो, सामूहिक जीवनको अभ्यास गर्यो र अन्ततः कृषि, राज्य, धर्म, संस्कृति तथा विज्ञानको विकासमार्फत…