काठमाडौँ– लुम्बिनी बौद्ध विश्वविद्यालय उपकुलपतिको जिम्मेवारी प्रा.डा. सुवर्णलाल बज्राचार्यलाइ दिइएको छ।
सिफारिस समितिको सिफारिसका आधारमा विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज उनलाई सो जिम्मेवारी दिएका हुन्। उक्त पद विगत छ महिनादेखि रिक्त थियो। प्रा. डा. बज्राचार्य त्रिभुवन विश्वविद्यालयबाट अवकाशप्राप्त प्राध्यापक हुन्।