शरीरमा भिटामिन–सीको कमीले देखा पर्छन् यी लक्षण - Chaitanya News
  • 2026-05-03
  • 17:08:19
  • आइतबार,बैशाख २०, २०८३
  • शरीरमा भिटामिन–सीको कमीले देखा पर्छन् यी लक्षण

    शरीरमा भिटामिन–सीको कमीले देखा पर्छन् यी लक्षण

    काठमाडौं– सबै पोषक तत्वहरु जस्तै, भिटामिन सी पनि हाम्रो शरीरको लागी आवश्यक छ। भिटामिन–सीले हाम्रो छाला, गिजा, हड्डी र रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्छ। शरीरमा भिटामिन–सीको कमी भएमा छाला सुख्खा हुने, कपाल झर्ने, गिजाबाट रगत बग्ने जस्ता धेरै समस्या हुन थाल्छ। धेरै पटक शरीरमा भिटामिन–सीको कमी हुन्छ र हामीले थाहा पाउन सक्दैनौं। शरीरमा भिटामिन–सीको कमी देखाउने केही यस्ता संकेतहरु छन्। समयमै तिनीहरूलाई पहिचान गर्न महत्त्वपूर्ण छ। त्यसोभए जानौं, शरीरमा भिटामिन–सीको कमीका लक्षणहरू के हुन्।

    रक्तअल्पता:
    रक्तअल्पता एक रोग हो जसमा रगतको कमी हुन्छ। यो रोग शरीरमा आइरनको कमीले हुने गर्छ र शरीरमा आइरन सोस्न भिटामिन–सी आवश्यक हुन्छ। शरीरमा भिटामिन–सीको कमी भएमा रक्तअल्पता हुन सक्छ जसले थकान, पहेंलो छाला र सास फेर्न गाह्रो हुन्छ।

    थकान:
    पर्याप्त निन्द्रा र आराम गरेर पनि थकित र कमजोर महसुस भएमा यो भिटामिन–सीको कमीको संकेत हुन सक्छ। भिटामिन–सीको कमीले शरीरमा कमजोरी र थकान निम्त्याउँछ ।

    जोर्नी दुख्ने:
    जोर्नी दुख्ने समस्या प्रायः ती व्यक्तिहरूलाई हुन्छ, जसको शरीरमा भिटामिन सीको कमी हुन्छ। यसबाट बच्न भिटामिन सी युक्त फलफूल र तरकारी खानुपर्छ।

    गिजामा सुन्निने:
    गिजा सुन्निने, रगत बग्ने र स्कर्भीजस्ता रोग शरीरमा भिटामिन–सीको कमीका कारण हुने गर्छ। वास्तवमा, शरीरमा भिटामिन सी को कमीको कारण, कोलाजेन को कमी पनि हुन्छ, त्यसैले यस्तो समस्याहरु देखा पर्दछ।

    ढिलो घाउ निको:
    जसको शरीरमा भिटामिन सीको कमी हुन्छ, घाउ भयो भने निको हुन लामो समय लाग्छ।