काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोशी प्रदेशमा राष्ट्रिय प्रजातन्त्र पार्टीले गठबन्धनलाई सहयोग गर्ने बताएका छन्।
आज (मंगलबार) संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले यस्तो बताए। यस्तै प्रचण्डले समिति गठन गर्दा राप्रपासँग बनेको सहमतिको वातावरणले कोशीमा सरकार गठन र पूर्णतामा सहजता आउने विश्वास व्यक्त गरे।
उनले यस विषयमा दलहरुबीच सकारात्मक ढंगले छलफल हुने भन्दै सरकार फेल नखाने बरु सफल हुने तर्क गरे।
यसअघि मंगलबार नै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले समितिको नेतृत्व लिँदा कुनै प्रकारको अन्य सहमति नभएको धारणा राखेका थिए।