मेषः (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ । सामाजिक नेतृत्व हातलागी हुने सम्भावना छ । व्यापारमा पनि राम्रै फाइदा हुनेछ । प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । काममा विशिष्ट व्यक्तिको सहयोग जुट्नेछ । र गरेको कामले प्रतिष्ठा दिलाउनेछ ।
वृषः (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ । चिताएको काम छिटै सम्पादन हुनेछ । सहयोगीहरूले हिम्मत दिलाउनेछन ्। व्यवसाय विस्तार गर्ने समय छ । दिगो काम प्रारम्भ हुनेछ ।
मिथुनः (का, कि, कु, घ, ङ, छ, के, को, ह)
पहिलेको सफलताले पनि हौसला जगाउनेछ । व्यापारमा फाइदा हुनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन् । स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ ।
कर्कटः(हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । थोरै लगानीबाट पनि नाफा कमाउन सकिनेछ । विभिन्न भौतिक साधन जुट्नेछन् । उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ ।
सिहंः (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
गुरुजनको सहयोगले बौद्धिक प्रतिस्पर्धामा अग्रस्थान लिन सफल भइनेछ । रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ । प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ ।
कन्याः (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आफन्त र परिवारजनलाई धेरै समय दिनुपर्ने हुन सक्छ । आश्वासन दिनेहरूले प्रतिबद्धता पूरा नगर्न सक्छन् । हल्लाको भरमा अरूको विश्वास गर्दा धोका हुन सक्छ ।
तुलाः (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ। सम्भावना देखिए पनि सोचेको उपलब्धि प्राप्त नहुन सक्छ । प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला । सामान्य कामका लागि दौडधुप गर्नुपर्नेछ ।
वृश्चिकः (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । अतिथिका रूपमा सत्कार पाइनेछ । प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । साथीभाइका लागि केही खर्च हुन सक्छ । अभिभावकको गुनासो सुन्नुपर्ला ।
धनुः (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
मेहनतले राम्रै उपलब्धि दिलाउनेछ । रोकिएका काम समेत सम्पादन गर्न सकिनेछ। कर्मयोगले विशेष जिम्मेवारी दिलाउन सक्छ । सानो प्रयत्नले धेरैको भलाइ हुने काम शुभारम्भ हुन सक्छ । महत्त्वाकांक्षाले लक्ष्यमा पुर्याउनेछ, कर्तव्यपरायण रहनुहोला ।
मकरः (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
भौतिक साधन जुट्नाले दिगो काम प्रारम्भ हुनेछ । साहसी काम गरेर प्रशस्त लाभ उठाउन सकिनेछ । नयाँ योजनातर्फ अग्रसर भइनेछ । अरूको विश्वास जित्न केही समय लागे पनि दिगो फाइदा हुने काम हातलागी हुनेछ ।
कुम्भ ः (गु, गे, गो, सा, सि, सु, से, सो, द)
मिहिनेतले मानसम्मान दिलाउनेछ । अध्ययनमा प्रगति हुनुका साथै बौद्धिक क्षमतामा निखारता आउनेछ। बुद्धिको उपयोगले विद्या, धन आर्जन हुनेछ । तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ ।
मीनः (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
करकापमा परी काममा जुट्नुपर्ने अवस्था रहनेछ । परिश्रमका तुलनामा प्रतिफल कम देखिनेछ । खर्च तथा विवाद बढ्ने समय रहेकाले महत्त्वाकांक्षी योजनामा अघि नबढ्नुहोला ।