थकान महसुस हुनु प्राकृतिक प्रक्रिया नै हो। यात्रा गर्दा, उकालोओरालो गर्दा, कुनै काम गरेपछि थकाइ लाग्नु सामान्य हो। शरीर एउटा मेसिन जस्तै हो, जुन निरन्तर चलिरहन सक्दैन। शरीरले पनि समय–समयमा बिश्राम खोज्छ। केही समयको विश्रामपछि शरीर पुन: फूर्तिलो हुन्छ। प्रशस्त निद्राको बाबजुत राम्रो खानपान गर्दागर्दै पनि शरीर झुम्म हुने, थकित महसुस गर्ने, हाई आउने, आलस्यता हुनु प्रशस्त पानीको कमीले पनि हुन सक्छन। ति बाहेक अन्य कारणहरु यस्ता हुन सक्छन।
आइरनको कमी:
रगतमा आइरनको मात्रा कम हुँदा शरीरका बिभिन्न भागमा कम अक्सिजन पुग्छ र यसले तपाइँलाई थकित बनाउँछ। आइरन प्रशस्त मात्रामा पाइने गेडागुडि, अन्डा, हरियो सागसब्जी खाने बानी बसाल्नुस्।
ब्रेकफास्ट:
ब्रेकफास्ट शरीरको मेटाबोलिज्म चुस्त राख्न मद्दत गर्छ बिहान हतार हतारमा ब्रेकफास्ट छाड्नुभयो भने दिनभरी नै तपाइँ थकित रहने सम्भावना प्रवल हुन्छ। त्यसैले ब्रेकफास्टमा नियमित रहनुस्।
अनियमित ब्यायाम:
यदि तपाइँ ब्यायाम गर्नुहुन्छ तर नियमित हुनुहुन्न भने ब्यायाम छाड्नुभएको दिन तपाइँ पूर्ण रुपले चुस्त स्फूर्त रहन सक्नुहुन्न त्यसैले ब्यायामलाई नियमित बनाउनुस्।
कामको चाप:
कामको लोड धेरै महसुस गर्नु र तनाव लिनु हानिकारक छ । यसले तापाइँलाई फूर्तिलो रहन दिँदैन। याद रहोस् तनावले विस्तारै विस्तारै तपाइँलाई गलाइरहेको हुन्छ।
पानीको कमी:
थकानका कारण शरीरमा पानीको कमी हो, जसलाई हामी डिहाइड्रेसन पनि भन्छौं। यदि हाम्रो शरीरले राम्रोसँग काम गर्ने हो भने त्यसको लागि हामीलाई पर्याप्त मात्रामा पानी चाहिन्छ। शारीरिक गतिविधि जति बढी भयो त्यति बढी मात्रामा पानी पिउनुपर्छ।
चिन्ता र तनाव:
लामो समयदेखि चिन्तित वा तनावमा रहेको व्यक्तिले आफ्नो शरीरलाई ओभरड्राइभमा राख्छ। एड्रेनालिन हर्मोनको निरन्तर बढ्दा शरीरलाई थकाउँछ।
त्यस्तै, रक्तअल्पता, मधुमेह, मेनोपोज, क्यान्सर, एन्जाइटी डिसअर्डर, मिर्गौलासम्बन्धी समस्या, हाइपोथाइराइड, भिटामिनहरुको कमी, हार्मोन गडबड जस्ता समस्या हुँदा पनि थकान एउटा लक्षणको रुपमा देखा पर्छ।
मन आत्तिनु:
यदी तपाईको मन स्थिर छैन भने तपाईको मनमा अनेक कुरा खेल्छ। यसकारण तपाईलाई खान मन लाग्दैन। अनि थकान महशुस हुनसक्छ। एजेन्सीबाट