चैतन्य राशिफलः शिक्षामा कुन राशिको प्रगति ? - Chaitanya News
  • 2026-11-19
  • 04:25:09
  • बुधबार,मंसिर ०३, २०८३
  • चैतन्य राशिफलः शिक्षामा कुन राशिको प्रगति ?

    चैतन्य राशिफलः शिक्षामा कुन राशिको प्रगति ?

    मेषः (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    व्यवसायमा लगानी बढाउनुपरे पनि कर्जामार्फत धन जुटाउन सकिनेछ। केही खर्च लागे पनि यात्राको प्रक्रिया अघि बढ्नेछ । आफ्नाबाटै टाढिनुपर्ने परिस्थिति आउन सक्छ । दिगो काम प्रारम्भ गर्न समयले साथ दिनेछ। परोपकारी काम सम्पादन गर्न सकिनेछ ।

    वृषः (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
    आयस्रोत राम्रो हुनाले आवश्यक भौतिक साधन जुट्नेछन ्। आम्दानी बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइने छ। व्यापारमा राम्रै फड्को मार्ने समय छ । छोटो समयमै राम्रो उपलब्धि हातलागी हुनेछ ।

    मिथुनः (का, कि, कु, घ, ङ, छ, के, को, ह)
    प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ । सामाजिक कार्यले हौसला प्रदान गर्नेछ। राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ । काम अड्किए पनि लाभांश प्राप्त भइरहनेछ । विशिष्ट व्यक्तिको सहयोग जुट्नाले महत्त्वाकांक्षी काम बन्न सक्छ ।

    कर्कटः(हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    मेहनतले पदीय जिम्मेवारी दिलाउनेछ । विशेष अवसर प्राप्त हुनाले मन प्रफुल्लित हुनेछ । टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। भाग्यले विभिन्न अवसर थमाउनेछ। अध्यात्मभाव जागृत हुनाले परोपकारमा मन जानेछ। धेरैले कामको तारिफ गर्नेछन् ।

    सिहंः (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    परिबन्धले समस्या निम्त्याउन सक्छ । गोपनीयता बाहिरिनाले समस्या पर्नेछ। स्वास्थ्यका लागि आहारविहारमा सजग रहनुहोला। चुनौतीभित्र अवसर खोज्ने समय छ । जटिल काममा पनि प्रयत्न गर्दा सकारात्मक संकेत प्राप्त हुनेछ ।

    कन्याः (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

    पढाइको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ । अभिव्यक्ति र लेखन कलामा पनि निखारता आउनेछ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । व्यापार, पशुपालन र कृषि क्षेत्रबाट राम्रो लाभ हुनेछ। रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ ।

    तुलाः (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
    हल्लाको विश्वास गर्दा काम बिग्रन सक्छ। आज अरूलाई दिने नभई भित्र्याउने समय छ । दिएको धनमाल पछि आफैंलाई आवश्यक पर्न सक्छ । पुरानो सम्झौता नवीकरण नगर्दा आफ्नो लाभांश गुम्न सक्छ। परिस्थितिअनुसार निर्णय लिन नसक्दा काममा पछि परिनेछ ।

    वृश्चिकः (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

    तारिफयोग्य काम गर्दै मनग्गे धन आर्जन गर्न सकिनेछ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । थोरै लगानीबाट पनि नाफा कमाउन सकिनेछ। व्यापारमा सामान्य फाइदा उठाउन सकिनेछ ।

    धनुः (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
    मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । कामको चापबाट फुर्सद पाइनेछ । व्यवसायले मनग्गे आम्दानी दिलाउनेछ । विभिन्न सहयोग र उपहार हातलागी हुनेछ। परिवारजनको साथले नयाँ आशा जगाउनेछ ।

    मकरः (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
    रचनात्मक काम बन्नुका साथै मनग्य धन आर्जन हुनेछ । विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुने छ। विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने मौका छ । प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ ।

    कुम्भ ः (गु, गे, गो, सा, सि, सु, से, सो, द)
    गलत व्यक्तिको विश्वास गर्दा सुरुमा काम रोकिन सक्छ । पहिलेका समस्या दोहोरिनाले अलमलमा परिएला । विशेष उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला।

    मीनः (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
    बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनुका साथै सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलालाई निखार्ने अवसर प्राप्त हुनेछ ।