लोकसेवा उपयोगी सामग्री [८१] - Chaitanya News
  • 2026-06-06
  • 04:32:34
  • शुक्रबार,जेठ २२, २०८३
  • १. नेपालमा वनविनाश हुनाका कारणहरू उल्लेख गर्दै त्यसबाट परेका असरहरूको विवेचना गर्नुहोस्।

    नेपालमा वनविनाश हुनाका कारणहरू

     वनजंगलको संरक्षण तथा ब्यबस्थापन सम्बन्धी दिगो तथा भरपर्दो नीतिको अभाव हुनु
     मौजुदा नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन हुन नसक्नु
     अनियन्त्रित तथा अत्यधिक जनसंख्या बृद्धि हुनु, अति चोरी निकासी
     तराई तथा मधेशमा बसाईसराई गर्ने क्रम अत्यधिकमात्रामा हुनु
     ईन्धनको प्रमुख श्रोत- दाउरा
     वन सम्पदाको संरक्षणमा जनचेतनाको अभाव हुनु
     राष्ट्रिय तथा सरकारी वनको ब्यबस्थापनमा जनसहभागिताको कमी हुनु
     उर्जा तथा अन्य जनजीवीकामा वन नै प्रमुख स्रोतको रुपमा प्रयोग गरिनु
     नदी कटान तथा भूक्षय नियन्त्रण गर्न नसकिनु
     आगलागी, वन डढेलो नियन्त्रण गर्न नसक्नु
     अनियन्त्रित चरिचरण कायमै रहनु
     नागरिक खबरदारी एवं सचेतनाको अभाव
     वन अतिक्रमन बढ्दै गएको, नागरिक सचेतनाको अभाव
     वन पैदावारको चोरी निकासी बढ्दै गैएको
     बन्यजन्तुको अबैध शिकारी तथा चोरी निकासी हुदै गएको
     नदीको कटान भूक्षय, तथा डढेलो नियन्त्रण गर्न नसकिएको
     चरिचरन अनियन्त्रित भएको
     वन सम्बन्धि नीति तथा कानूनको पालना कडाईका साथ गराउन नसकिएको
     सामुदायिक वनको ब्यबस्थापन रामा्रे तथा ब्यबस्थित हुन नसकेको- अर्थतन्त्रमा योगदान पुर्याउन नसकिएको
     वैकल्पिक उर्जाको प्रयाप्त उत्पादन गर्न नसकिनु- दाउरा ईन्धनको श्रोतका रुपमा
     विभिन्न ऐन, नियम, तथा निर्देशिकाको पूर्ण परिपालना गराउन नसकिनु
     वन ब्यबस्थापनलाई सबै तहका सरकारहरूबीच सहभागितामूलक बनाउन नसकिनु
     मौजुदा संगठनको कामकारबाहीलाई प्रभावकारी पार्नूृ
     तराई तथा भित्रि मधेश, चुरेको वन जंगलललाई संरक्षण गर्नू
     वन संरुक्षणमा आबश्यक पर्ने भौतिक तथा वित्तिय स्रोत तथा साधनहरूको ब्यबस्था गर्नू
     डढेलो नियन्त्रण सम्बन्धमा ठोस पहलकदमी नदेखिनु
     जलबायू परिवर्तनलाई न्यूनिकरण गरि वनजंगलको संरक्षण गर्नु
     जनसंख्या बृद्धिलाई प्राकृतिक वातावरण संग सन्तुलन गर्नु

    २. जलस्रोतको धनी देश भएर पनि नेपालमा उर्जा संकट हुनुका कारणहरू के हुन ? साथै सो संकटबाट मुक्ति पाउन के गर्नुपर्दछ ? उल्लेख गर्नुहोस्। १०

    उर्जाको अभाव भई उत्पादनका साधन प्रभावित हुने, सेवा प्रवाहमा कठिनाई हुने र समष्टिमा जनताको दैनिक जनजीवनमा नै कठिनाई उत्पन्न हुने अवस्था नै उर्जा संकट हो। उर्जा संकट दैनिक काम कारवाहीका लागि आवश्यक पर्ने न्यूनतम उर्जाको समेत अभाव हुने अवस्था हो। उर्जा संकट उर्जाको अभाव हुनु, उर्जा नहुनुको कारणबाट उत्पादनका साधन प्रभावित हुनु , उत्पादनमा अवरोध आउनुका साथै जनताको देनिक जनजीवनमा नै कठिनाई र अवरोध आउने अवस्था नै उर्जा संकट हो।
    ८३०००
    ४२०००
    ब्राजिल पछिको दोश्रो धनी देश

    • कुल भुभागको ३.९ प्रतिशत नदीनालाले ओगटेको नेपालमा प्रचुर सम्भावना- ४२०००/८३०००
    • ब्राजिलपछिको दोस्रो, ६००० नदीनाला, ११ कि.मी भन्दा लामा नदी करिब १०० , नेपालका नदीहरूको पूर्ण लम्बाई ४५००० कि.मि र तिनिहरूको जलभण्डार क्षमता २ लाख २ हजार मिलियन क्युविक मिटर छ
    • कर्णाली- ३२०००, कोशी- २२०००, गण्डकी- २१००० अन्य- ८०००

    नेपालमा उर्जा संकट हुनुका कारणहरू

    १. औद्योगिकरणमा बृद्धि हुनु
    २. जनसंख्या बृद्धि अनुरुप उर्जा आपुर्ति नहुनु
    ३. उर्जा श्रोतहरूको क्षयीकरण
    ४. गरिबीको कारण महंगो उर्जा खरिद गर्न नसक्नु
    ५. भौतिक पुर्वाधारको विकास नहुनु जस्तै विद्युत गृह
    ६. निजि क्षेत्रलाई प्रोत्साहन गर्न नसक्नु
    ७. समय मै माग र आपुर्तिको आकलन गर्न नसक्नु।
    ८. बढ्दो सहरिकरण अनुरुप विद्युत आपुर्ति नहुनु
    ९. विद्युत उर्जाको उचित व्यवस्थापन गर्न नसक्नु
    १०. मेसिनिकरणको कारण उर्जामा बढी निर्भरता हुनु।
    ११. विदेशी लगानी आकर्षण गर्न नसक्नु।

    प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएको हो।)

    सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।

    Chaitanya Academy Nepal

    New Baneshwor, Shankhamool, Kathmandu

    Contact No. 01-4792427, 9851246100, 9851146100