मौसममा सुधार भइरहेको छ : विभाग - Chaitanya News
  • 2026-09-22
  • 18:57:30
  • मंगलबार,आश्विन ०६, २०८३
  • मौसममा सुधार भइरहेको छ : विभाग

    मौसममा सुधार भइरहेको छ : विभाग

    काठमाडौं– जल तथा मौसम विज्ञान विभागले मौसम सुधार भइरहेको जनाएको छ।

    काठमाडौंबाट पश्चिमी क्षेत्रमा मौसम सफा रहे पनि पूर्वका क्षेत्रमा धनकुटा, मधेश र बागमती प्रदेशका केही स्थानमा बुधबार बिहान हल्का वर्षा भएको छ।

    वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार दिउँसो भने देशभरका मौसम सफा रहनेछ। बेलुकीपख पहाडी क्षेत्रमा हल्का वर्षा हुने सम्भावना रहेको उनले बताए।

    भारतको हरियाणा आसपास रहेको न्युनचापीय क्षेत्रको प्रभावले हल्का वर्षा भए पनि भारी वर्षाको सम्भावना नरहेको विभागले जनाएको छ। राति पनि सवै प्रदेशका थोरै स्थानमा हल्का वर्षा हुनसक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।