विश्वकप एसिया क्षेत्र छनोट अगाडि नेपालले थाइल्यान्डसँग खेल्ने - Chaitanya News
  • 2026-07-29
  • 16:49:36
  • बुधबार,साउन १३, २०८३
  • विश्वकप एसिया क्षेत्र छनोट अगाडि नेपालले थाइल्यान्डसँग खेल्ने

    विश्वकप एसिया क्षेत्र छनोट अगाडि नेपालले थाइल्यान्डसँग खेल्ने

    काठमाडौं– मलेसियामा हुन लागेको आईसीसी वुमन्स टी–२० विश्वकप एसिया क्षेत्र छनोट अगाडि नेपालले सोमबार थाइल्यान्डसँग अभ्यास खेल खेल्ने भएको छ।

    ३१ अगष्टबाट मलेसियामा सुरु हुने क्वालिफार्यस अगाडी नेपालले शनिबार चार देश सम्मिलित सिरिजमा उपाधि जितेको छ।

    नेपाली टिमले हाल तयारी स्वरुप टिममा रहेका खेलाडी कुन खेलाडी कुन ठाउँमा फिट हुन्छन् भन्ने परिक्षण चलिरहेको प्रशिक्षक सामसन जंग थापाले बताए।

    ‘हामीले चारदेशीय सिरिजको उपाधि जित्यौं पुन तयारी स्वरुप हामी २८ तारिख थाइल्यान्डसँग खेल्दैछौं’, मलेसियामा रहेका प्रशिक्षक थापाले भने।