काठमाडौं– दसैँको वेला सुनसान बनेका उपत्यकाका सडकमा चहलपहल बढ्न थालेको छ। दसैँ मनाउन उपत्यकाबाट बाहिरिएकाहरू फर्किने क्रम बढेसँगै चहलपहल बढेको हो।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार पछिल्लो पाँच दिनमा करिब ६ लाख यात्रु उपत्यका भित्रिएका छन्। दसैँको वेला करिब २० लाख यात्रु बाहिरिएको अनुमान छ। ती यात्रु तिहार तथा छठपछिसम्म उपत्यकामा प्रवेश गर्छन्।
तर, अधिकांश दसैँ मनाएर कामकाजको सिलसिलामा उपत्यका फर्किने गर्छन्। हाल राजमार्ग तथा मुख्य सडक खण्डमा सवारीसाधनको भिडभाड छ।