के बिहान खाजा खानु वास्तवमै फाइदाजनक छ? - Chaitanya News
  • 2026-05-03
  • 15:52:05
  • आइतबार,बैशाख २०, २०८३
  • के बिहान खाजा खानु वास्तवमै फाइदाजनक छ?

    के बिहान खाजा खानु वास्तवमै फाइदाजनक छ?

    काठमाडौं–  भनिन्छ, खाना स्वस्थ्यवर्द्धक एवं पोषिलो हुनुपर्छ। तर, त्यती मात्र काफी छैन। खाने तालिका र तरिकाले पनि यसको लागि खास भूमिका खेल्छ।

    खाना खाने निश्चित तालिका छ। त्यसैगरी खाना खाने खास तरिका पनि छ। यदि तालिका र तरिका मिलाएर खाइयो भने उक्त खाना शरीरमा राम्ररी पच्छ। शरीरले त्यसबाट पोषक तत्व ग्रहण गर्छ।

    खाना खाने तालिकाएक जापानी भनाई सान्दर्भिक हुनसक्छ। भनाई यस्तो छ, ‘बिहानको खाना आफु खानु, दिउसोको खाना साथीसँग बाढेर खानु र रातीको खाना सत्रुलाई दिनु।’

    यो भनाईले हाम्रो स्वास्थ्य खानपान तालिकाबारे बताउँछ। हाम्रा पूर्खाहरुले पनि खानपान सम्बन्धी यस्तै तालिका निर्धारण गरेका थिए। उनीहरु भन्थे, विहानको नास्ता भरपेट खानु। दिउसोको खाना आधा पेट खानु। रातीको खाना एकदमै कम खानु। अझ सूर्योअस्तपछि त खाना नै नखानु।

    यावत् भनाई र बुझाईले भन्छ, विहानको नास्ता शरीरका लागि सर्वोत्तम हुन्छ। बिहान नास्ता अर्थात ब्रेकफास्ट, जसलाई हामी स्वस्थ्य दिनचर्याको सुरुवात मान्छौं। भरपेट ब्रेकफास्टको आवश्यक्ता र महत्वबारे हामीले धेरै पटक सुन्यौं। यदि स्वस्थ्य, तन्दुरुस्त रहने हो भने ब्रेकफास्ट गर्नैपर्छ भन्यौ। तर, के हामीले सुनेजस्तै ब्रेकफास्ट स्वास्थ्य दिनचर्याको लागि अनिवार्य खुराक हो त? ब्रेकफास्ट गर्दा शरीरमा त्यसको कस्तो असर रहन्छ?

    नास्ता गर्नु एकदमै जरुरी हुन्छ। तर, यसले तपाईंको तौल नियन्त्रणमा कुनै सहयोगी भूमिका खेल्नेछैन। एक रिसर्चमा यही कुरा पुष्टि भएको छ।

    जब तपाईं नास्ता गर्नुहुन्छ भने हरेक दिन २ सय ६० भन्दा बढी क्यालोरी लिनुहुनेछ। जो व्यक्ति नास्ता गर्दैनन्, त्यसको तुलनामा नास्ता गर्नेको तौल आधा किलो बढ्छ। विशेषज्ञहरुले भनेका छन्, नास्ता क्याल्शियम र फाइबरको राम्रो स्रोत हो। नास्ता गर्दा एकाग्रता र ध्यान केन्द्रित गर्ने क्षमता बढ्छ। खासगरी बच्चालाई यसबाट बढी फाइदा हुन्छ।

    ब्रेकफास्टले तपाईंलाई उर्जा र जरुरी पोषक तत्व प्राप्त हुन्छ। साथै तपाईंलाई पटक(पटक खानुपर्ने आवश्यक्ता हुँदैन। थुप्रै अध्ययनले देखाएको छ कि, बिहानको नास्ताले हामीलाई स्वस्थ्य एवं निरोगी बनाउन भूमिका खेलिरहेको हुन्छ।

    तर, पछिल्लो अध्ययनले के देखाएको छ भने यदि तौल नियन्त्रण गर्ने उपायको खोजीमा लागिरहनुभएको छ भने बिहानको नास्ता तपाईंको लागि बाधक बन्न सक्छ। अर्थात बिहानको नास्ताले तौल नियन्त्रणमा सहयोग गर्दैन । त्यसैले तौल नियन्त्रण गर्ने हो भने बिहानको नास्ता छाड्नु उपयुक्त हुन्छ।

    अष्ट्रेलियाको यस नयाँ अध्ययनमा नास्ता र तौल परिवर्तनबारे १३ पटक अलग अलग परीक्षण गरिएको थियो। मोनाश विश्वविद्यालयको यस अध्ययनको नतिजाले के देखाउँछ भने नास्ता छाड्नु फाइदाजनक हुन्छ। यदि नास्ता नछाड्ने हो भने दिनभरमा लिने कुल क्यालोरीको मात्रा घटाउनुपर्छ।

    अध्ययनले देखाएको छ, ब्रेकफास्ट छाड्ने व्यक्ति कम क्यालोरी लिन्छन्। यसमा अर्को दावी के गरिएको छ भने, जो व्यक्ति नास्ता गर्दैनन् उनीहरुलाई मध्यन्ह पनि कम भोक लाग्छ। तर, वयस्कले तौल नियन्त्रणका लागि नास्ता छाड्ने हो भने सावधानी अपनाउनुपर्ने हुन्छ। किनभने यसको उल्टो असर पर्न सक्छ।

    स्वास्थ्यवर्द्धक नास्ता के हो?
    नास्ताको कुरा त गर्छौं, तर कस्तो नास्ता? बिहान के कस्ता खानेकुरा सामेल गरियो भने राम्रो हुन्छ ?

    इनर्जीका लागि तपाईं गहुँको परिकार खान सक्नुहुनेछ। साथै उसिनेको सिमी पनि उपयोगी हुन्छ।

    प्रोटिनका लागि टोस्टमा पालक, अन्डा, फल साथै ड्राइ प्रट्स खान सकिन्छ। हल्काफुल्का खानाको् रुपमा फल, केरा, पालक जस्ता खानेकुरा उपयोगी हुन्छ।

    बीबीसी हिन्दी अनलाइनमा प्रकासित