सुनको मूल्य स्थिर रहँदा चाँदीको भने बढ्यो - Chaitanya News
  • 2026-11-19
  • 01:33:52
  • बुधबार,मंसिर ०३, २०८३
  • सुनको मूल्य स्थिर रहँदा चाँदीको भने बढ्यो

    सुनको मूल्य स्थिर रहँदा चाँदीको भने बढ्यो

    काठमाडौँ– आज साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य स्थिर कायम भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले गत साताको तुलनामा आज सुनको मूल्य स्थिर रहेको जनाएको हो।

    महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार १०० रुपैयाँ छ। यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १० हजार ५५० रुपैयाँ छ। गत साताको शुक्रबार छापावाल सुन र तेजाबी सुनको मूल्य यही कायम थियो।

    सुनको मूल्य स्थिर कायम भएपनि आज चाँदीको मूल्य भने बढेको छ। महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ।

    यससँगै आज चाँदीको मूल्य तोलामा १४ सय ६५ रुपैयाँ कायम छ। गत साताको शुक्रबार चाँदीको मूल्य तोलामा १४ सय ५० रुपैयाँ कायम थियो।