बाराको निजगढ–२ का वडाध्यक्षविरुद्ध नाबालिग जबरजस्ती करणीको उजुरी - Chaitanya News
  • 2026-04-24
  • 21:47:10
  • शुक्रबार,बैशाख ११, २०८३
  • बाराको निजगढ–२ का वडाध्यक्षविरुद्ध नाबालिग जबरजस्ती करणीको उजुरी

    बाराको निजगढ–२ का वडाध्यक्षविरुद्ध नाबालिग जबरजस्ती करणीको उजुरी

    काठमाडौं– बाराको निजगढ नगरपालिका– २ का अध्यक्ष राजु भनिने राजन श्रेष्ठविरुद्ध नाबालिगलाई जबरजस्ती करणी गरेको उजुरी परेको छ।

    पीडितका तर्फबाट वडाध्यक्ष श्रेष्ठविरुद्ध मंगलबार इलाका प्रहरी कार्यालय निजगढमा जाहेरी परेको बाराका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए।

    विजयादशमीको दिन श्रेष्ठले १४ वर्षीया बालिकालाई ​उनकै घरमा जबरजस्ती करणी गरेको जाहेरीमा उल्लेख छ। यससँगै प्रहरीले अनुसन्धान अघि बढाए पनि श्रेष्ठ पक्राउ भने परेका छैनन्।

    पक्राउ पुर्जी जारी भएलगत्तै उनलाई नियन्त्रणमा लिने प्रहरीले जनाएको छ। स्थानीय निर्वाचनमा श्रेष्ठ नेपाली कांग्रेसबाट वडाध्यक्ष निर्वाचित भएका थिए।