धरानमा निषेधाज्ञा हट्यो - Chaitanya News
  • 2026-11-19
  • 01:33:53
  • बुधबार,मंसिर ०३, २०८३
  • काठमाडौँ– धरान उपमहानगरको जारी निषेधाज्ञा हटेको छ।

    धरानका २० वटै वडामा शुक्रबार १२ रातिदेखि २४ घण्टाका लागि निषेधाज्ञा लागू गरिएको थियो। स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा हटेसँगै बिहानै बाट धरानमा चहलपहल शुरु भएको हो।

    साम्प्रदायिक सद्भावना बिग्रियोस् भन्ने उद्देश्यले स्थानीय प्रशासनले शनिबार रातिसम्मको लागि निषेधाज्ञा जारी गरेको थियो। जातीय र धार्मिक विवाद बढ्दै गएपछि सम्भावित हिंसा रोक्न धरानमा निषेधाज्ञा सँगै ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो।

    धरान प्रवेश गर्ने पश्चिम बाटो बराहक्षेत्र नगरपालिका १ मा पर्ने झण्डा चोकदेखि धरानतर्फको क्षेत्र, पश्चिम दक्षिण रामधुनीनगर ६ बाट बराह क्षेत्र ३ नडाहा चोकदेखि धरानतर्फ, इटहरी उपमहानर २० तरहरा पानी पियादेखि उत्तर धरानतर्फ, धरान ५ प्रवेश गर्ने पूर्वी केराबारी बाट धरानतर्फ र धनकुटाको साँगुरीगढी गाउँपालिका ६ भेडेटारबाट धरानतर्फको क्षेत्रमा निषेधाज्ञा जारी गरिएको थियो।